क्षतिपूर्ति भराएको बिरोधमा डाक्टरहरुले रोके बिरामीको उपचार
उपभोक्ता अदालतले अस्पताल र चिकित्सकबाट पीडितलाई क्षतिपूर्ति तिराएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प पारेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालका चिकित्सकले आकस्मिक कक्षमा मात्र काम गरेका छन् । डाक्टरहरुले सोमबार बहिरंग विभागमा बिरामी नजाँच्दा धेरै सर्वसाधारण मर्कामा परेका छन् ।
स्वास्थ्य जाँचका लागि सोमबार अस्पताल पुगेका सर्वसाधारण डाक्टरहरुले नजाचेका कारण त्यसै फर्किन बाध्य छन् । काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुर अस्पताल लगायतका ठूला अस्पतालमा दैनिक सयौं जनाले बहिरंगमा उपचार सेवा लिन्थे । तर डाक्टरहरुको आन्दोलनका कारण उनीहरु अलपत्र परेका छन् ।
उपभोक्ता अदालतले हालसम्म स्वास्थ्य सेवासँग सम्बन्धित तीनवटा मुद्दामा डाक्टर र अस्पतालबाट क्षतिपूर्ति भराउन आदेश दिएको छ । ओम अस्पताल, हिमाल अस्पताल र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचार गर्ने डाक्टरविरुद्ध छुट्टाछुट्टै मुद्दा परेको थियो । त्यसमा उपभोक्ता अदालतले डाक्टर र अस्पतालले पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
चिकित्सकहरुले भने चिकित्सा पेशामा कुनै पनि कुराको ग्यारेन्टी नहुने भन्दै खोजेजस्तो उपचार नपाउँदैमा चिकित्सकविरुद्ध मुद्दा हाल्नु जायज नहुने बताएका छन् ।
चिकित्सक संघका अध्यक्ष अनिलबिक्रम कार्कीले स्वास्थ्य सेवालाई पनि टेलिफोन वा विद्युत सेवामा जस्तो ग्यारेन्टी खोजेर क्षतिपूर्ति गराउनु बेठीक भएको बताए ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






