सामाजिक सञ्जालमा समाचार सेयर गर्दा युवक पक्राउ
सामाजिक सञ्जालमा समाचार सेयर गरेको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आइतबार राप्रपाको युवक संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बागलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको छ ।
हाल उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या हुने, हैरानी दिने र अपमान हुने गरी सामग्री पोस्ट गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका एसपी अवस्थीले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सञ्चार माध्यममा प्रकाशित सामग्री सेयर गरेकै आधारमा पक्राउ गरेको भन्दै विरोध जनाएको छ ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित समाचार शेयर गरेको आधारमा पक्राउ गर्ने र अनावश्यक दुख दिनु विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताएका छन् । राप्रपाले उनलाई रिहा गर्न पनि माग गरेको छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



