नेभिगेशन
3 Minute

सामाजिक सञ्जालमा समाचार सेयर गर्दा युवक पक्राउ

सामाजिक सञ्जालमा समाचार सेयर गरेको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

आइतबार राप्रपाको युवक संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बागलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । 

साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको छ । 

हाल उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या हुने, हैरानी दिने र अपमान हुने गरी सामग्री पोस्ट गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका एसपी अवस्थीले जानकारी दिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सञ्चार माध्यममा प्रकाशित सामग्री सेयर गरेकै आधारमा पक्राउ गरेको भन्दै विरोध जनाएको छ । 

प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित समाचार शेयर गरेको आधारमा पक्राउ गर्ने र अनावश्यक दुख दिनु विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताएका छन् । राप्रपाले उनलाई रिहा गर्न पनि माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute