रसुवामा बाढीपछि १८ जना सम्पर्कविहीन, चीन जोड्ने पुल बगायो
मंगलबार बिहान उज्यालो नहुँदै रसुवाको ल्हेन्दे खोलमा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ३ जना प्रहरी, अरु ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक छन् ।
सम्पर्कविहीन हुने नेपालीहरु धेरैजसो श्रमिक छन् । बर्दिया घर भएका ३६ वर्षका जिपन चौधरी, ३५ वर्षका सन्तोष दहित, २५ वर्षका बुद्धिराम थारु, २४ वर्षका लक्ष्मीनारायण थारु, ३० वर्षका सुरेश थारु, बागलुङका नरेन्द्र बिक, सिन्धुपाल्चोक घर भएका फुर्पा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । उनीहरु धेरैजसो गाडी चालक हुन् ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ, यसले गर्दा नेपाल–चीन आवतजावत बन्द भएको छ । बाढीका कारण हालसम्म मानवीय क्षति भएको छैन ।
बाढी आएको थाहा पाएपछि उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरेका असई लालबहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
बाढीका कारण गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको ईभी चार्जिङ स्टेशनमा क्षति पुर्याएको छ । त्यहाँ रहेका करिब ७/८ वटा विद्युतीय गाडी बगाएको प्रहरीले जनाएको छ ।
स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक बाढीले कटान गरेका कारण अवरुद्ध भएको छ । बाढीका कारण भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको बाँधको एउटा गेटमा क्षति भएको छ ।
रसुवागढी, त्रिशुली थ्री ए र चिलिमे जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको छ । यी तीनवटै आयोजनाको पावरहाउसमा भने क्षति नभएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
भन्सार कार्यालय रसुवाको यार्डमा ८/९ वटालोड कन्टेनरको डिब्बा बगाएको सशस्त्र प्रहरी बलले जनाएको छ । ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा यसको तटीय क्षेत्रमा पनि जोखिम बढेको छ । बाढी नघटेका कारण जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



