अध्ययनविना चोभार गल्छी नचलाऔं, बाढीसँगै बाँच्न सिक्नुपर्छ
सरकारले काठमाडौं उपत्यकाभित्र बाढी बढेको भन्दै चोभारको गल्छी खोल्ने योजना बनाएको छ । काठमाडौंको पानी निस्किने एकमात्रै यो गल्छीका ५ वटा ठूला ढुंगा हटाउन सेनालाई जिम्मा पनि दिएको छ ।  
काठमाडौंको कीर्तिपुर–६ र ललितपुरमा १८मा पर्ने यो गल्छीमा वर्षायाम अगावै काम सुरु हुने भनिएको  छ । तर, न चोभार गल्छी किन र कसरी खोल्ने अनि खोलेपछि के हुन्छ भन्नेबारे सामान्य अध्ययन भएको छ, न स्थानीय र सरोकारवालासँग कुनै छलफल भएको छ । 
प्रा.डा. नरेन्द्रमान शाक्य पनि विज्ञहरुबाट राम्रो अध्ययन नभई चोभार गल्छीमा केही गर्न नहुने बताउँछन् । अध्ययनबाट आएको निष्कर्षबारे स्थानीयहरुसँग छलफल गरेर मात्रै गल्छीलाई चलाउन सकिने उनको भनाइ छ । 
तर, चोभार गल्छी चलाउने भन्दा पनि अरु विकल्पहरुमा काम गर्नुपर्ने उनको मत छ । काठमाडौं उपत्यकाभित्रका नदी तथा खोलाहरुमा बाढी आउने क्षेत्र मिचेर घरवस्ती बसालिएकाले अब बाढीको ‘पिक’लाई काम गर्न वैकल्किप उपायहरु खोज्नुपर्ने उनको भनाइ छ । 
चोभार गल्छी, बाग्मती नदी, प्रस्तावित नागमती ड्याम र काठमाडौंको बाढीका कारण तथा समाधानका उपायहरुबारे गरिएको यो प्रा. डा. नरेन्द्रमान शाक्यसँगको पडकास्ट । 
                                                    'चुनाव जितेर सत्तामा गइहालौं भनेर पार्टी खोलेको होइन'
                                                    'स्वीकार गर्नुस्, हर्क युगको सुरुवात भयो'
                                                    '०४६ पछि राज्यकोषको ठूलो पैसा राजनीतिक क्षेत्रमा गएको छ, छानबिन हुनुपर्छ'
                                                    'म भुइँमान्छेको कथा लेख्छु, तर राजनीतिसँग ठोक्किहाल्छ'
                                                    'आउने चुनावलाई जनमत संग्रहका रुपमा प्रयोग गरौं'
                                                    
                    
-1761836913.jpg)






