रुपन्देही ३ मा साझा उम्मेदवार उठाउने मोर्चाको निर्णय
२४ असार, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही ३ को उपचुनावमा साझा उम्मेदवार उठाउने भएको छ । मोर्चाको मंगलबार बसेको बैठकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को उम्मेदवारलार्य साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरेको हो ।
रुपन्देही ३ मा कात्तिक १७ गते उपचुनाव हुने तय भएको छ । २०७९ को चुनावमा राप्रपाका दिपक बोहोरा निर्वाचित भएका थिए । उनको निधन भएपछि उपचुनाव हुन लागेको हो ।
२०७९ को चुनावमा मोर्चामा आवद्ध दलहरुमध्ये नाउपाले धेरै मत पाएको थियो । त्यसपछि मत पाएको जनमतले भने स्वतन्त्र उम्मेदवार उठाउने र सबैले समर्थन गर्ने प्रस्ताव राखेको थियो । तर मंगलबारको बैठकमा नाउपाकै उम्मेदवारलाई सबैले समर्थन गर्ने सहमति भएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले संवैधानिक नियुक्तिसम्बन्धी फैसलाको जिरोध गरेको छ । संवैधानिक इजलासले गरेको फैसला संविधानको मर्म र भावना विपरित भएको मोर्चाको ठहर छ ।
बैठकले भगवान शिवबारे प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिको पनि विरोध गरेको छ । सभ्यता, संस्कृति र धर्मबारे प्रधानमन्त्रीबाट अपुष्ट र अप्रमाणित कुराहरु आउनु निन्दनीय भएको भन्दै मोर्चाले भनेको छ, सनातन हिन्दु देवी देवताका बारेमा आधारहीन र अशोभनीय भनाइ फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गदर्छौं ।’
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








