श्रम कानुनको विरोध गर्दै मजदुर संगठनले गरे भारत बन्द

सरकारले ल्याएको श्रमसम्बन्धी कानुनको विरोध गर्दै मजदुर संगठनहरुले भारत बन्द गरेका छन् । विभिन्न १० वटा मजदुर संगठनले संयुक्त रुपमा भारत बन्द आह्वान गरेको हो ।
भारत बन्दका कारण यातायात सेवा पुरै प्रभावित भएको छ । बन्दको आन्दोलनमा २५ करोड भन्दा बढी मजदुर संगठनहरु सहभागी हुने अनुमान छ ।
आन्दोलनलाई ग्रामीण क्षेत्रका मजदुर र कृषि मजदुरका संगठनहरुले पनि समर्थन गरेका छन् ।
मजदुर नेताहरुले सरकारले ठूला व्यापारीहरुलाई सहयोग पुग्ने नीति लिँदा कामदार, किसान र गरिबहरु मारमा परेका छन् ।
उनीहरुले सरकारले ल्याएको श्रम संहिताले कामदारको अधिकार कटौती गरेको बताएका छन् । काम गर्ने समय बढाइएको र ट्रेड युनियन गठन गर्न तथा हड्ताल गर्न कडाइ गरिएकोमा मजदुर संगठनले विरोध जनाएका छन् ।
त्यस्तै सरकारी संस्थानहरुको निजीकरणको पनि विरोध गरेका छन् । उनीहरुले आउटसोर्सिङ जब र करारमा कर्मचारी राख्न पाइने व्यवस्थाको पनि विरोध गरेका छन् । यसले मजदुरको पेशागत सुरक्षा कमजोर हुने ट्रेड युनियनहरुको भनाइ छ ।
केन्द्र सरकारले ल्याएको नयाँ नीतिलाई उनीहरुले मजदुर विरोधी, किसान विरोधी र व्यापारीको पक्षमा रहेको भनेका छन् ।
ट्रेड युनियनहरुले १७ बुँदे माग श्रम मन्त्रालयमा पेश गरेका थिए । तर सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको बताएका छन् ।
ट्रेड युनियनहरुले न्यूनतम तलब २६ हजार प्रतिमहिना कायम गर्न माग गरेका छन् । असन निर्माण क्षेत्रका मजदुरको कल्याणका लागि ३८ हजार करोड रुपैयाँ तत्काल निकासा गर्न पनि माग गरेका छन् ।
भारतमा यसअघि पनि ट्रेड युनियनले बेला बेलामा बन्द गर्दै आएका छन् । सन् २०२० को नोभेम्बर, सन् २०२२ को मार्च र सन् २०२४ को फेब्रुअरीमा पनि मजदुरहरुले भारत बन्द गरेका थिए ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)