त्रिविको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन् ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघि सोमबार साँझ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेतृत्वको सिफारिस समितिले उपकुलपतिका लागि ३ जनाको नाम प्रधानमन्त्री ओलीसमक्ष सिफारिस गरेको थियो ।
उपकुलपति अर्याल त्रिविको जल तथा मौसम केन्द्रीय विभागका विभागीय प्रमुख भइसकेका प्राध्यापक हुन् । उनी हाँस्यब्यंग्य निबन्धकार भैरव अर्यालका छोरा हुन् ।
कम विद्यार्थी र चर्चा कम हुने जल तथा मौसम विभागका प्राध्यापक हुनाले त्रिवि बाहिर उनलाई कमैले चिन्छन् । तर उनलाई नजिकबाट चिन्नेहरु प्राज्ञिक छवि भएको र कामप्रति लगाव भएको प्राध्यापक मान्छन् । एमाले निकट अर्याल स्वच्छ छविका र राजनीतिक नियुक्तिहरुमा धेरै अवसर नपाएका प्राध्यापक हुन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






