त्रिविको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन् ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।
यसअघि सोमबार साँझ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेतृत्वको सिफारिस समितिले उपकुलपतिका लागि ३ जनाको नाम प्रधानमन्त्री ओलीसमक्ष सिफारिस गरेको थियो ।
उपकुलपति अर्याल त्रिविको जल तथा मौसम केन्द्रीय विभागका विभागीय प्रमुख भइसकेका प्राध्यापक हुन् । उनी हाँस्यब्यंग्य निबन्धकार भैरव अर्यालका छोरा हुन् ।
कम विद्यार्थी र चर्चा कम हुने जल तथा मौसम विभागका प्राध्यापक हुनाले त्रिवि बाहिर उनलाई कमैले चिन्छन् । तर उनलाई नजिकबाट चिन्नेहरु प्राज्ञिक छवि भएको र कामप्रति लगाव भएको प्राध्यापक मान्छन् । एमाले निकट अर्याल स्वच्छ छविका र राजनीतिक नियुक्तिहरुमा धेरै अवसर नपाएका प्राध्यापक हुन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






