पाटनमा २ वर्ष पुराना मुद्दा समाप्त, ९ न्यायाधीशले गरे हजार मुद्दाको फैसला
पाटन उच्च अदालतले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरेको छ । गत साउनमा नयाँ आर्थिक वर्ष सुुरु हुँदा दुई वर्ष नाघेका मुद्दा ४०७ वटा रहेको थियो । अहिले ती सबै मुद्दामा फैसला भइसकेको उच्च अदालतले जनाएको छ ।
अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार पाटन उच्च अदालतले दुई वर्ष पुराना मुद्दा सबै फरछ्यौट गरेको यो पहिलो पटक हो ।
उच्च अदालत पाटनले २०८१ साउनदेखि २०८२ असार २५ गतेसम्म ११ हजार २३४ थान मुद्दा फर्छ्यौट गरेको छ । अब १८ महिना नाघेका जम्मा २२ वटा मात्र मुद्दा बाँकी छन् । अरु सबै मुद्दा १८ महिना भन्दा कम अवधिका हुन् ।
पाटन मुद्दाको चाप सबैभन्दा धेरै हुने उच्च अदालत हो । यसको पाटनमा र हेटौैंडामा गरी दुई वटा इजलास छ । अदालतमा ३६ जना न्यायाधीशको दरबन्दी छ । तर यो एक वर्ष अवधिमा जम्मा २२ जना मात्र न्यायाधीश थिए ।
यो एक वर्षमा ९ जना न्यायाधीशले एक हजार भन्दा धेरै मुद्दामा फैसला गरेको उच्च अदालतले जनाएको छ । अरु केही न्यायाधीशले पनि असार मशान्तसम्म एक हजार मुद्दा फैसला गर्ने सम्भावना रहेको अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।
पाटन उच्च अदालतमा अघिल्लो आर्थिक वर्षकै बाँकी मुद्दा ५ हजार १६२ थिए । साउनयताको एक वर्षमा ११ हजार ८४५ मुद्दा दर्ता भए । यो वर्ष असार मशान्तसम्म ११ हजार २३४ मुद्दा फैसला भए भने ५ हजार ७७३ मुद्दा बाँकी छन् ।
यस वर्ष अघिल्लो वर्षमा भन्दा १७१८ वटा बढी मुद्दा दर्ता भएको अदालतले जनाएको छ । मुद्दा फैसला चाहिँ गत वर्ष भन्दा १२ सय ३२ वटा बढी भएको छ ।
अदालतले विकास निर्माण, कर, राजस्व विषयसँग सम्बन्धित पुराना मुद्दाहरु बाँकी नरहेको दाबी गरेको छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






