ज्ञानेन्द्रलाई श्री ५ नलेख्ने शर्तमा छुटे फणिराज पाठक
पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणिराज पाठकलाई प्रहरीले रिहा गरेको छ ।
अबदेखि ज्ञानेन्द्र शाहलाई श्री ५ नलेख्ने र महाराजधिराज सम्बोधन पनि नगर्ने सर्तमा उनलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनले फेसबुकमा ज्ञानेन्द्र शाह वर्तमानकै राजा हुन् भन्ने अर्थ लाग्ने गरी सन्देशहरु सम्प्रेषण गर्दै आएका थिए । त्यसै विषयमा सोधपुछ गर्न भन्दै प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको थियो । साँझ रिहा गर्दा अबदेखि यसरी पोस्ट नगर्ने कागज गराइएको प्रहरीले जनाएको छ ।
त्यस्तै यसअघि फेसबुकमा गरिएका त्यस्ता पोस्टहरु पनि डिलिट गर्न भनिएको छ । प्रहरीका अनुसार अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने शर्तमा साँझ साढे ७ बजे छाडिएको बोहराले जानकारी दिए ।
पाठक पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयमा छन् । उनीमार्फत सार्वजनिक हुने पूर्वराजा शाहको विज्ञप्तिमा महाराजधिराज नै सम्बोधन गर्ने गरिएको छ । अनि पाठकले शाहको संवाद सचिवको हैसियतमा विज्ञप्ति जारी गर्ने गरेका छन् ।
गणतन्त्र स्थापना भएपछि नेपालमा कोही पनि महाराजधिराज छैन । र राजतन्त्रको समयमा रहेको राजाको संवाद सचिवालय पनि अहिले वैधानिक छैन । तर पाठकले नेपालमा अझै राजतन्त्र रहेको भ्रम पर्ने गरी सन्देश सम्प्रेषण गरेकाले सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






