ज्ञानेन्द्रलाई श्री ५ नलेख्ने शर्तमा छुटे फणिराज पाठक
पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणिराज पाठकलाई प्रहरीले रिहा गरेको छ ।
अबदेखि ज्ञानेन्द्र शाहलाई श्री ५ नलेख्ने र महाराजधिराज सम्बोधन पनि नगर्ने सर्तमा उनलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनले फेसबुकमा ज्ञानेन्द्र शाह वर्तमानकै राजा हुन् भन्ने अर्थ लाग्ने गरी सन्देशहरु सम्प्रेषण गर्दै आएका थिए । त्यसै विषयमा सोधपुछ गर्न भन्दै प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको थियो । साँझ रिहा गर्दा अबदेखि यसरी पोस्ट नगर्ने कागज गराइएको प्रहरीले जनाएको छ ।
त्यस्तै यसअघि फेसबुकमा गरिएका त्यस्ता पोस्टहरु पनि डिलिट गर्न भनिएको छ । प्रहरीका अनुसार अबदेखि श्री ५ महाराजधिराज भनेर समाचार नदिने शर्तमा साँझ साढे ७ बजे छाडिएको बोहराले जानकारी दिए ।
पाठक पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयमा छन् । उनीमार्फत सार्वजनिक हुने पूर्वराजा शाहको विज्ञप्तिमा महाराजधिराज नै सम्बोधन गर्ने गरिएको छ । अनि पाठकले शाहको संवाद सचिवको हैसियतमा विज्ञप्ति जारी गर्ने गरेका छन् ।
गणतन्त्र स्थापना भएपछि नेपालमा कोही पनि महाराजधिराज छैन । र राजतन्त्रको समयमा रहेको राजाको संवाद सचिवालय पनि अहिले वैधानिक छैन । तर पाठकले नेपालमा अझै राजतन्त्र रहेको भ्रम पर्ने गरी सन्देश सम्प्रेषण गरेकाले सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






