निर्वाचन आयोग पुग्यो लिङ्देन–राणा विवाद
असार २५ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष र सगुन लावतीलाई प्रवक्ताबाट हटाइदिएपछि फेरि विवाद बढेको छ ।
संस्थापन इतर पक्षले आफ्ना विरोधीलाई अध्यक्ष लिङ्देनले छानी छानी कारबाही गर्न थालेको भन्दै विरोध जनाएको छ ।
आइतबार सुवेदी, निर्देशन समितिका संयोजक प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा, महामन्त्री कुन्तिकुमारी शाहीसहितको टोली निर्वाचन आयोग नै पुगेको छ ।
सुवेदीले आफू ४ वर्षका लागि अनुशासन समितिको अध्यक्ष मनोनित भएको र आफूलाई केन्द्रीय समितिबाट मात्र हटाउनुपर्नेमा अध्यक्षले एकलौटी रुपमा हटाएको भन्दै निर्वाचन आयोगमा पत्र दिएका छन् ।
आफूलाई थाहै नदिई, स्पष्टीकरणको मौका पनि नदिई हटाएको भन्दै उनले निर्वाचन आयोग गुहारेका छन् ।
२०८१ चैत ५ गते उनी राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको संयोजक बने । डिल्लीबजार भोजन गृहमा आयोजित कार्यक्रममा उनले घोषणा गरिदिए, म अब राप्रपामा छैन ।
त्यसको साढे ४ महिनापछि लिङ्देनले सुवेदीले पार्टी छाडेको भन्दै अनुशासन समितिबाट हटाइदिएका हुन् । तर यही विषयलाई संस्थापन इतर पक्षले विवादको विषय बनाएको छ ।
राप्रपामा राजेन्द्र लिङ्देन र धवलशमशेर राणाको छुट्टाछ्ट्टै गुट छ । धवलशमशेरको गुटमा प्रकाशचन्द्र लोहनी, बिक्रम पाण्डे, महामन्त्री कुन्तिकुमारी शाही, नवराज सुवेदी, हरिबहादुर बस्नेतलगायत छन् ।
आइतबार निर्वाचन आयोगमा पत्रकारसँग कुरा गर्दै महामन्त्री धवलशमशेर राणाले आफ्नो पक्षमा नदेखिएको मान्छेलाई लिङ्देनले हटाउन थालेको आरोप लगाए । राणाले अध्यक्ष लिङ्देनले आगामी महाधिवेशन हेरेर कारबाही गर्न थालेको पनि बताए । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रश्न गरे, ‘महाधिवेशन भन्दा पहिले मान्छे निकाल्ने, हटाउने भएपछि के को महाधिवेशन ?’
अघिल्लो महाधिवेशनमा लिङ्देनलाई आफूले नै अध्यक्षमा साथ दिएको भन्दै राणाले अहिले आफैंमाथि पटक पटक कारबाही गरेको टिप्पणी गरे ।
राणा राप्रपाको संगठन विभागको प्रमुख थिए । तर उनी भारतमा उपचारका क्रममा रहेका बेला लिङ्देनले संगठन विभागको प्रमुखबाट राणालाई हटाएर वुद्धिमान तामाङलाई जिम्मेवारी दिएका थिए ।
राणाले आफूले मिलेर जाऔं भनेर पटक पटक प्रयास गर्दा पनि अध्यक्षले नमानेको बताए । त्यसका लागि ६ पटक आफू अध्यक्षको घरसमेत पुगेको पनि उनले बताए ।
लिङ्देनले भने अध्यक्षले मनोनयन गरेको मान्छे अध्यक्षलाई सहयोग भएन भन्ने लागेमा हटाउन सक्ने अभिव्यक्ति दिएका छन् । शनिबार आयोजित एक कार्यक्रममा उनले आन्दोलन समितिको संयोजक भएको दिन सुवेदीले पार्टीको साधारण सदस्य पनि रहिन भनेको सम्झिए । त्यसपछि अनुशासन आयोगको अध्यक्ष पद नै खाली भएको उनको जिकिर छ ।
पार्टीमा अनुशासन उल्लंघनको उजुरी धेरै आइसकेको र यही विवादले जिल्ला अधिवेशनहरु पनि नटुंगिएको भन्दै लिङ्देनले काम रोकिएपछि अध्यक्ष तोकेको बताए । ‘मैले एक दुई चोटी पार्टी अफिसमा बोलाउँदा म आउन्न भनेपछि त्यही अनुशासन समितिमा काम गरिराख्नुभएको सिनियर सदस्यलाई अध्यक्ष तोकिदिएँ’,लिङ्देनले भनेका छन् ।
उनले आफूले मनोनयन गरेको मान्छेबाट सहयोग भएन भन्ने लागेमा हटाउन पाउने अभिव्यक्ति दिएका छन् । शनिबार आयोजित एक कार्यक्रममा उनले आन्दोलन समितिको संयोजक भएको दिन सुवेदीले पार्टीको साधारण सदस्य पनि रहिन भनेको सम्झिए । त्यसपछि अनुशासन आयोगको अध्यक्ष पद नै खाली भएको उनको जिकिर छ ।
पार्टीमा अनुशासन उल्लंघनको उजुरी धेरै आइसकेको र यही विवादले जिल्ला अधिवेशनहरु पनि नटुंगिएको भन्दै लिङ्देनले काम रोकिएपछि अध्यक्ष तोकेको बताए । ‘मैले एक दुई चोटी पार्टी अफिसमा बोलाउँदा म आउन्न भनेपछि त्यही अनुशासन समितिमा काम गरिराख्नुभएको सिनियर सदस्यलाई अध्यक्ष तोकिदिएँ’,लिङ्देनले भनेका छन् ।
लिङ्देनले भने आफूलाई पेलेर जान खोज्नेहरुसँग नडराउने टिप्पणी गरे । उनले यो कार्यकाल आफूले अध्यक्ष जितेकाले सबैले सहयोग गर्नुपर्ने बताए । ‘मैले बेठीक गरेको छु भन महाधिवेशनमा हराइदिने हो, अहिले अल्झाउने होइन’, उनले भनेका छन् ।
राप्रपा विवादबारे विस्तृतमा बुझ्न यो भिडियो हेर्नुहोस् :
खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

