‘घुुस डिल’ को अडियोबारे विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रीको भनिएको घुस डिलको अडियो छानबिन गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद दुर्गा राई र रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीको भनेर बाहिरिएको अडियोमाथि छानबिन गर्न माग गरेका हुन् ।
रास्वपा सांसद श्रेष्ठले अडियोमा एउटा मन्त्रीले अर्को मन्त्रीलाई आरोपित गरेको पाइएको भन्दै छानबिन गर्न माग गरिन् ।
कास्कीको मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न र जिल्ला भूमि आयोगका अध्यक्ष नियुक्तिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको भन्दै एक अडियो सार्वजनिक भएको थियो ।
संसदमा रास्वपा सांसद श्रेष्ठले यही कारण सरकारले भूमि आयोग फास्ट ट्रयाकमा पारित गर्न खोजेको बताइन् । उनले अडियोमा भनिएको सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो र अडियोमा भनिएको बा को हो भन्ने प्रश्न पनि गरिन् ।
माओवादी सांसद दुर्गा राईले उक्त अडियो सामान्य प्रशासन मन्त्री मात्र नभई प्रधानमन्त्रीकै विषय भएको बताइन् । ‘घुस डिलका अडियो प्रशारण भइरहँदा सरकार चुप लागेर बस्ने हो ?मन्त्रीको घुसको डिल बाहिर आएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरिन् ।
यो अडियोमा संघीय मामिलामन्त्री र भूमि व्यवस्था मन्त्री पनि जोडिएकाले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद राईले बताइन् ।
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



