‘घुुस डिल’ को अडियोबारे विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रीको भनिएको घुस डिलको अडियो छानबिन गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद दुर्गा राई र रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीको भनेर बाहिरिएको अडियोमाथि छानबिन गर्न माग गरेका हुन् ।
रास्वपा सांसद श्रेष्ठले अडियोमा एउटा मन्त्रीले अर्को मन्त्रीलाई आरोपित गरेको पाइएको भन्दै छानबिन गर्न माग गरिन् ।
कास्कीको मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न र जिल्ला भूमि आयोगका अध्यक्ष नियुक्तिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको भन्दै एक अडियो सार्वजनिक भएको थियो ।
संसदमा रास्वपा सांसद श्रेष्ठले यही कारण सरकारले भूमि आयोग फास्ट ट्रयाकमा पारित गर्न खोजेको बताइन् । उनले अडियोमा भनिएको सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो र अडियोमा भनिएको बा को हो भन्ने प्रश्न पनि गरिन् ।
माओवादी सांसद दुर्गा राईले उक्त अडियो सामान्य प्रशासन मन्त्री मात्र नभई प्रधानमन्त्रीकै विषय भएको बताइन् । ‘घुस डिलका अडियो प्रशारण भइरहँदा सरकार चुप लागेर बस्ने हो ?मन्त्रीको घुसको डिल बाहिर आएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरिन् ।
यो अडियोमा संघीय मामिलामन्त्री र भूमि व्यवस्था मन्त्री पनि जोडिएकाले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद राईले बताइन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






