स्पेन भ्रमणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरुको विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
उनको सचिवालयका अनुसार मन्त्री लेखकले सोमबार प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर भिजिट भिसामा स्पेन गएकाहरुमाथि छानबिन गर्न निर्देशन दिएका हुन् ।
स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसंघको एक सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण दल बाहेक अन्य व्यक्तिहरु पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री सहितको टोली स्पेनको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किए । तर केही व्यक्तिहरु त्यही कार्यक्रमको बहानामा स्पेन गएको र उतै लुखेको भन्दै प्रश्न उठेको छ ।
गृहमन्त्री लेखकले स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल को को गएको छ, कुन संस्थामार्फत गएका छन् जस्ता विषयमा छानबिन गर्न निर्देशन दिएका हुन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



