स्पेन भ्रमणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा गएर नफर्किएकाहरुको विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
उनको सचिवालयका अनुसार मन्त्री लेखकले सोमबार प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर भिजिट भिसामा स्पेन गएकाहरुमाथि छानबिन गर्न निर्देशन दिएका हुन् ।
स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसंघको एक सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण दल बाहेक अन्य व्यक्तिहरु पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री सहितको टोली स्पेनको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किए । तर केही व्यक्तिहरु त्यही कार्यक्रमको बहानामा स्पेन गएको र उतै लुखेको भन्दै प्रश्न उठेको छ ।
गृहमन्त्री लेखकले स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल को को गएको छ, कुन संस्थामार्फत गएका छन् जस्ता विषयमा छानबिन गर्न निर्देशन दिएका हुन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






