3 Minute
संघीय मामिलामन्त्री गुप्ताले दिए राजीनामा
विचौलियासँग घुस लेनदेनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर मन्त्री पदबाट राजीनामा दिएको फेसबुकमार्फत बताएका छन् ।
भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि विचौलियाले मन्त्रीलाई घुस अफर गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।
उनले आफूलाई नखाएको विष लागेको पनि टिप्पणी गरेका छन् । उनले घुस डिलको अडियोलाई प्रविधिको उच्चतम प्रयोगको शिकार भएको पनि बताएका छन् ।
'प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु', उनले भनेका छन् ।
प्रकाशित मिति:
मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






