मदन भण्डारी फाउण्डसेनमा ओलीको ठाउँ लिँदै विद्या भण्डारी
मदन भण्डारी फाउण्डसेनले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउन मूल समारोह समिति बनाएको छ । जसमा फाउन्डेसनको संरक्षक रहेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राखिएको छैन । बरु संरक्षकका रुपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ ।
फाउन्डेसनले मंगलबार मदन भण्डारीको ७५ औं जन्म जयन्तीको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलनन गरेको थियो । त्यसक्रममा मदन भण्डारीको ७५ औं जन्मजयन्ती मूल समारोह समितिबारे जानकारी दिइएको थियो ।
जसमा संरक्षकमा पूर्व राष्ट्रपति भण्डारीको नाम छ । १४ असारमा फाउन्डेसनले गरेको कार्यक्रममा ओली पनि संरक्षक भएको जानकारी दिइएको थियो । तर जन्मजयन्ती समारोह समितिमा भने उनी अटेनन् ।
सल्लाहकार समितिमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ अधिकारी, युवराज कार्की र वाचश्पति देवकोटा छन् । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजक छन् भने सुशील प्याकुरेल,गणेशमान गुरुङ सहसंयोजक छन् भने भेषराज अधिाकरी सचिव छन् ।
सदस्यहरुमा एमाले नेताहरु समेत छन् । फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी छन् । उनी मदन र विद्याकी छोरी हुन् ।
हेर्नुहोस् मदन भण्डारीको जन्मजयन्ती मूल समारोह समितिमा को को छन् ?

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






