'ट्रेन्डिङ बिजनेस होइन, आफैं ट्रेन्ड सेट गर्ने हो'
पाँचथरका उज्वल अधिकारी, नेपाली बुचर नामको मासु पसलको सीईओ हुन् । जीटी ग्रुपले सञ्चालन गर्ने यो मासु पसलको हाल चारवटा आउटलेट छन्, आफ्नै कटिङ सेन्टर र एउटा रेष्टुरेन्ट पनि छ ।
अभिनयजस्तो चमकधमकको पेशा छाडेर अधिकारी धेरैले नरुचाउने मासु पसल सञ्चालक बने । उनी आफैं भन्छन्, ‘अरुले चाडपर्व मनाउँदा हामी झन् धेरै काममा व्यस्त हुन्छौं, अरु मानिसहरु अफिसमा काम गरिरहेका बेला हामी आराम गरिरहेका हुन्छौं ।’
पढ्नका लागि काठमाडौं आएका उज्वलको संगत कलाकर्मीहरुसँग भयो । उनले अभिनय सिके, सानोतिनो भूमिकामा अभिनय गर्दै अघि बढिरहेका थिए । तर आर्थिक समस्याले गाँज्यो ।
त्यसपछि उनले ८० हजार रुपैयाँ ऋण लिएर मासु पसल खोले । सुरुमा एक वर्ष मासु पसल चलाउँछु, अनि फेरि अभिनयमा फर्किन्छु भन्ने सोचेका थिए, तर त्यही बेला कोरोना महामारीका कारण लकडाउन भयो । फिल्म क्षेत्र ठप्पजस्तै भयो ।
उनी र फिल्म क्षेत्रकै केही व्यक्तिहरुले संयुक्त लगानीमा मासु पसल खोल्ने योजना बनाए । तर यो मासु पसल अरु भन्दा भिन्न छ । यहाँ खुला रुपमा मासु राखिँदैन । काट्नेवित्तिकै चिसो ठाउँमा राखिन्छ ।
मासुमा संक्रमण हुन नपाओस् भनेर धेरै ध्यान दिइएको छ । मासु पसलमा विभिन्न विभागहरु बनाइएको छ, कर्मचारीहरुलाई विभाग अनुसार काम विभाजन गरिएको छ । मासु काट्ने र पैसा बुझ्ने अलग अलग मान्छे छन् । एउटा ठूलो कर्पोरेट बिजनेस जस्तो गरी सञ्चालन गरिएको छ ।
हाल नेपाली बुचरकाे लगनखेल, इमाडोल, पेप्सीकोला र धापाखेलमा आउटलेट छ । इमाडोलमा मासु पसलसँगै रेष्टुरेन्ट पनि सञ्चालन गरिएको छ ।
अधिकारीसँग नेपालको मासु बजार, मासुको स्वच्छता, नेपालका युवा र उद्यमशीलताका विभिन्न पाटोमा गरिएको कुराकानी यो भिडियोमा हेर्न सक्नुहुन्छ ।
'बूढालाई घर पठाउँदैमा कर्मचारीतन्त्र सुधार हुँदैन'
प्रधानमन्त्री बालेनले के ठीक गर्दैछन् ? के-के बेठीक ?
ऐलानीका घरमा डोजर चलाउन सम्भव छ ?
शासकीय शैली नै जेनजी आन्दोलनको मुख्य कारण
जनताले नयाँ भनेर ल्याएका छन्, मेरो शुभकामना



-1781681783.png)
-1781759377.png)




