रविको पक्षमा २४ लाखको हस्ताक्षर
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको अभियानमा २४ लाख भन्दा बढीले हस्ताक्षर गरेका छन् ।
असार ७ गतेदेखि सुरु भएको अभियानमा देश बाहिरबाट पनि उल्लेख्य सहभागिता रहेको अभियान संयोजक दीपक बोहराले जानकारी दिए ।
सबभन्दा धेरै बागमती प्रदेशमा ६ लाख ३९ हजार ६८ जनाले हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेशमा ४ लाख ३२ हजार ७२३, लुम्बिनीमा २ लाख ३६ हजार ५९५ र कोशीमा १ लाख ६६ हजार ८६१ जनाले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिम प्रदेशमा ९४ हजार ५३५, कर्णालीमा ४३ हजार ७७५ र मधेस प्रदेशमा २० हजार ५०५ हस्ताक्षर संकलन भएको छ ।
३३ हजार ३७० जनाले केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका छन् भने काठमाडौंमा र्याटको व्यवस्थापन बुथमा ५९ हजार ८८५ जनाले हस्ताक्षर गरेका छन् ।
विभिन्न देशमा संकलन गरिएको ६ लाख ५० हजार १७२ जनाको हस्ताक्षर ह्वाट्सएपमार्फत आएको छ भने ८० हजार १७६ हस्ताक्षर इमेलमार्फत आएको छ ।
हस्ताक्षरसँगै आर्थिक सहयोग संकलन गरेको छ । हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बोहराले जानकारी दिए । अभियानको खर्च यो भन्दा बढी छ ।
५ लाख अपील छापेर पठाइएको छ । २ लाख हस्ताक्षर फारम पनि छापिएको छ । प्रचार प्रसार फ्लेक्स लगायत सबै गर्दा हालसम्म ५९ लाख ६७ हजार खर्च भएको बोहराले जानकारी दिए ।
संयोजक बोहराका अनुसार अब नेपाल–भारत सीमा नाकाका मुख्य विन्दुुहरुमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिनेछ । साथै साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो गर्ने तय भएको छ ।
हस्ताक्षर संकलन अभियान सम्पन्न भएपछि प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलाई यतिको समर्थन छ भनेर बुझाउने तयारी रहेको बोहराले जानकारी दिए ।
साथै हस्ताक्षर गर्नेहरुको फोन नम्बर समेत भएको विवरण पार्टीले अद्यावधिक गर्नेछ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



