रविको पक्षमा २४ लाखको हस्ताक्षर
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको अभियानमा २४ लाख भन्दा बढीले हस्ताक्षर गरेका छन् ।
असार ७ गतेदेखि सुरु भएको अभियानमा देश बाहिरबाट पनि उल्लेख्य सहभागिता रहेको अभियान संयोजक दीपक बोहराले जानकारी दिए ।
सबभन्दा धेरै बागमती प्रदेशमा ६ लाख ३९ हजार ६८ जनाले हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेशमा ४ लाख ३२ हजार ७२३, लुम्बिनीमा २ लाख ३६ हजार ५९५ र कोशीमा १ लाख ६६ हजार ८६१ जनाले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिम प्रदेशमा ९४ हजार ५३५, कर्णालीमा ४३ हजार ७७५ र मधेस प्रदेशमा २० हजार ५०५ हस्ताक्षर संकलन भएको छ ।
३३ हजार ३७० जनाले केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका छन् भने काठमाडौंमा र्याटको व्यवस्थापन बुथमा ५९ हजार ८८५ जनाले हस्ताक्षर गरेका छन् ।
विभिन्न देशमा संकलन गरिएको ६ लाख ५० हजार १७२ जनाको हस्ताक्षर ह्वाट्सएपमार्फत आएको छ भने ८० हजार १७६ हस्ताक्षर इमेलमार्फत आएको छ ।
हस्ताक्षरसँगै आर्थिक सहयोग संकलन गरेको छ । हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बोहराले जानकारी दिए । अभियानको खर्च यो भन्दा बढी छ ।
५ लाख अपील छापेर पठाइएको छ । २ लाख हस्ताक्षर फारम पनि छापिएको छ । प्रचार प्रसार फ्लेक्स लगायत सबै गर्दा हालसम्म ५९ लाख ६७ हजार खर्च भएको बोहराले जानकारी दिए ।
संयोजक बोहराका अनुसार अब नेपाल–भारत सीमा नाकाका मुख्य विन्दुुहरुमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिनेछ । साथै साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो गर्ने तय भएको छ ।
हस्ताक्षर संकलन अभियान सम्पन्न भएपछि प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलाई यतिको समर्थन छ भनेर बुझाउने तयारी रहेको बोहराले जानकारी दिए ।
साथै हस्ताक्षर गर्नेहरुको फोन नम्बर समेत भएको विवरण पार्टीले अद्यावधिक गर्नेछ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






