पूर्वराष्ट्रपति भण्डारीको विषय एमाले सचिवालय बैठकमा प्रवेश
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः राजनीतिमा सक्रियताबारे नेकपा एमालेले छलफल गर्ने भएको छ ।
बिहीबार बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको राजनीतिमा सक्रियताको विषयमा छलफल गर्नेुपर्ने बताएका हुन् ।
यसअघि असार १४ गते काठमाडौंमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेबाट राजनीतिमा सक्रिय हुने बताएकी थिइन् । उनले आफूले पार्टी सदस्यता पनि एक वर्षअघि नै नवीकरण गराइसकेको बताएकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा सक्रिय हुन्छु भने पनि एमालेमा उनको विषयमा औपचारिक छलफल भएको थिएन । बिहीबार भने अध्यक्ष ओलीले नै यो विषयमा छलफल गर्नुपर्ने बताएका सचिव योगेश भट्टराईले बताए । ‘अध्यक्षले आवश्यक परे त्यो विषयमा छलफल गरौं भन्नुभयो, आजको बैठकमा भ्याइएन भने कुनै न कुनै बैठकमा छलफल हुन्छ’, भट्टराईले भने ।
उनले भण्डारीको राजनीतिमा सक्रियताको विषय एमालेभित्रको मामिला भइसकेको भन्दै छलफल गरेर टुंग्याउनुपर्ने धारणा राखे ।
‘उहाँको इच्छा के छ, गन्तव्य के छ, उहाँले के चाहनुभएको छ, किन आउन खोज्नुभएको छ, केका लागि आउन खोज्नुभएको छ ?’ भट्टराईले भने ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






