बढ्यो न्यूनतम तलब, पार्टटाइमरलाई घण्टाको १०७ रुपैयाँ
श्रमिकले पाउने न्यूनतम पारिश्रमिक बढेको छ । सरकारले साउन १ देखि नै लागु हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो ।
अब श्रमिकले मासिक १९ हजार ५५० रुपैयाँ अब न्यूनतम तलब पाउने छन् । यो तलब कायम गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनबीच सहमति भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेको छ ।
अहिले श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ छ । अब २ हजार २५० रुपैयाँ बढाएर १९ हजार ५५० पुर्याइएको हो ।
या तलब चिया बगानमा काम गर्ने श्रमिकको हकमा भने लागु हुनेछैन । मन्त्रालयले अब न्यूनतम दैनिक ज्याला ७५४ रुपैयाँ कायम गरेको छ । श्रमिकले प्रतिघण्टा न्यूनतम १०१ रुपैयाँ तलब पाउनुपर्नेछ ।
पार्ट टाइमरका लागि प्रतिघण्टा १०७ रुपैयाँ तोकिएको छ ।
श्रमिकहरुले कम्तीमा २१ हजार तलब पुर्याउनुपर्ने माग गरेका थिए । तर, रोजगारदाता तयार नभएपछि घटेरै सहमति भएको हो ।

सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



