बढ्यो न्यूनतम तलब, पार्टटाइमरलाई घण्टाको १०७ रुपैयाँ
श्रमिकले पाउने न्यूनतम पारिश्रमिक बढेको छ । सरकारले साउन १ देखि नै लागु हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो ।
अब श्रमिकले मासिक १९ हजार ५५० रुपैयाँ अब न्यूनतम तलब पाउने छन् । यो तलब कायम गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनबीच सहमति भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकालेको छ ।
अहिले श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ छ । अब २ हजार २५० रुपैयाँ बढाएर १९ हजार ५५० पुर्याइएको हो ।
या तलब चिया बगानमा काम गर्ने श्रमिकको हकमा भने लागु हुनेछैन । मन्त्रालयले अब न्यूनतम दैनिक ज्याला ७५४ रुपैयाँ कायम गरेको छ । श्रमिकले प्रतिघण्टा न्यूनतम १०१ रुपैयाँ तलब पाउनुपर्नेछ ।
पार्ट टाइमरका लागि प्रतिघण्टा १०७ रुपैयाँ तोकिएको छ ।
श्रमिकहरुले कम्तीमा २१ हजार तलब पुर्याउनुपर्ने माग गरेका थिए । तर, रोजगारदाता तयार नभएपछि घटेरै सहमति भएको हो ।

रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






