3 Minute
बलात्कार आरोपमा मधेशका पूर्वप्रदेश प्रमुख पक्राउ
मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज पक्राउ परेका छन् । बलात्कारको उजुरी परेपछि फरार रहेका अहिराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार पक्राउ गरेको हो ।
आइतबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार बलात्कारको आरोप लागेका अहिराजविरुद्ध २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो ।
उनीविरुद्ध काठमाडौं बानेश्वरकी एक युवतीले २०८१ कात्तिकमा नै बलात्कारको उजुरी दिएकी थिइन् । पक्राउ पुर्जी जारी भएपछि अहिराज फरार रहँदै आएका थिए ।
उनी २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेशको प्रदेश प्रमुख थिए ।
प्रकाशित मिति:
आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






