3 Minute
बलात्कार आरोपमा मधेशका पूर्वप्रदेश प्रमुख पक्राउ
मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज पक्राउ परेका छन् । बलात्कारको उजुरी परेपछि फरार रहेका अहिराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार पक्राउ गरेको हो ।
आइतबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार बलात्कारको आरोप लागेका अहिराजविरुद्ध २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो ।
उनीविरुद्ध काठमाडौं बानेश्वरकी एक युवतीले २०८१ कात्तिकमा नै बलात्कारको उजुरी दिएकी थिइन् । पक्राउ पुर्जी जारी भएपछि अहिराज फरार रहँदै आएका थिए ।
उनी २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेशको प्रदेश प्रमुख थिए ।
प्रकाशित मिति:
आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






