विद्या भण्डारीबारे एमालेमा के भयो छलफल ?
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रियताको विषयमा छलफल भएको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने विषयमा अधिकांश केन्द्रीय सदस्यले जिज्ञासा राखेका थिए ।
उनीहरुले राष्ट्रअध्यक्ष र नेपाली सेनाको परमाधिपति, संविधानको संरक्षणकर्ता र देशको अभिभावक भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउने विषय महत्वपूर्ण राजनीतिक विषय भएको बताएका छन् ।
यो विषय संवैधानिक र कानुनी प्रश्न मात्र नभई महत्वपूर्ण राजनीतिक विषय भएकाले पार्टीले भविष्यमा नजीर बन्ने गरी निर्णय गर्नुपर्ने धारणा राखेका प्रचार विभाग प्रमु्ख गौतमले बताए ।
एमाले केन्द्रीय समिति बैठकमा अझै ७७ जनाले बोल्न बाँकी छ । सबै केन्द्रीय सदस्यले बोलेपछि अध्यक्ष केपी शर्मा ओलीले बैठकको निष्कर्ष सुनाउँदा महत्वपूर्ण निर्णय सुनाउन सक्ने उनको भनाइ छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा सक्रिय हुन्छु् भनेपछि एमालेभित्र त्यसले तरंग सिर्जना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली र उनका निकटकाहरु राष्ट्रपतिलाई पार्टी राजनीतिमा आउन दिन नहुने पक्षमा छन् । एउटा पक्ष भने राष्ट्रपतिलाई पार्टी राजनीतिमा आउन संविधान र कानुनले नरोक्ने तर्क गरिरहेका छन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






