५ वर्ष भन्दा बढी हेडसर भएकाहरुको पद धरापमा
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारी स्कुलको प्रधानाध्यापकमा कार्यकाल पूरा गरेकाहरुले नै निरन्तर काम गरेको पाइएको भन्दै चासो व्यक्त गरेको छ ।
केन्द्रले गत साउन ७ गते जिल्ला शिक्षा समन्वय इकाइलाई पत्र लेखेर कोही प्रधानाध्यापकले कार्यकाल पूरा गरेपछि पनि काम गरिरहेको भए नयाँ नियुक्त गर्न निर्देशन दिएको छ ।
सरकारी विद्यालयमा प्रधानाध्यापकको कार्यकाल ५ वर्षको हुन्छ । धेरै विद्यालयमा ५ वर्ष कार्यकाल पूरा गरेका प्रधानाध्यापकले फेरि नियुक्ति नलिई निरन्तर काम गरिरहेका छन् ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कारबाही गर्नु भनेर पत्र पठाएको थियो ।
त्यसपछि केन्द्रले जिल्ला शिक्षा समन्वय इकाइलाई पत्र लेखेर कार्यकाल पूरा गरेका हेडसरको ठाउँमा नयाँ नियुक्त गर्न भनेको हो ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






