५ वर्ष भन्दा बढी हेडसर भएकाहरुको पद धरापमा
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारी स्कुलको प्रधानाध्यापकमा कार्यकाल पूरा गरेकाहरुले नै निरन्तर काम गरेको पाइएको भन्दै चासो व्यक्त गरेको छ ।
केन्द्रले गत साउन ७ गते जिल्ला शिक्षा समन्वय इकाइलाई पत्र लेखेर कोही प्रधानाध्यापकले कार्यकाल पूरा गरेपछि पनि काम गरिरहेको भए नयाँ नियुक्त गर्न निर्देशन दिएको छ ।
सरकारी विद्यालयमा प्रधानाध्यापकको कार्यकाल ५ वर्षको हुन्छ । धेरै विद्यालयमा ५ वर्ष कार्यकाल पूरा गरेका प्रधानाध्यापकले फेरि नियुक्ति नलिई निरन्तर काम गरिरहेका छन् ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कारबाही गर्नु भनेर पत्र पठाएको थियो ।
त्यसपछि केन्द्रले जिल्ला शिक्षा समन्वय इकाइलाई पत्र लेखेर कार्यकाल पूरा गरेका हेडसरको ठाउँमा नयाँ नियुक्त गर्न भनेको हो ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






