विवादकै बीचमा लाग्यो ६४ लाख पासपोर्ट छाप्ने ठेक्का
विवादकै बीचमा विद्युतीय राहदानी छपाइको ठेक्का लागेको छ । राहदानी विभागले जर्मन कम्पनी भेरिडोससँग पासपोर्ट छपाइका लागि सम्झौता गरेको छ । यो पासपोर्ट छपाइको प्याकेज नम्बर २ को ठेक्का हो ।
भेरिडोसले ४ करोड १० लाख २९ हजार ९७८ युरो र १६ करोड १६ लाख ८ हजार ३८४ रुपैयाँको ठेक्का पाएको विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए । कुल ६ अर्ब ८४ करोड बराबरको ठेक्का भेरिडोसले पाएको छ ।
अब पासपोर्ट छपाइको दोस्रो प्याकेजको ठेक्का पाएको जर्मन कम्पनी म्युहलबाउरसँग पनि सम्झौता हुने उनले बताए । पहिलो नम्बरको यो प्याकेजमा म्युहलबाउरले करिब १ अर्ब ५५ करोडको ठेक्का पाएको छ ।
ठेक्का लगाएपनि भेरिडोस कम्पनीसँग पासपोर्ट विभागले गरेको खरिद सम्झौता भने विवादित छ । राहदानी विभागले २०८१ मंसिर १३ गते ६४ लाख राहदानी छाप्न भन्दै २ वटा प्याकेजमा ठेक्का निकालेको थियो । यसअघि यसरी दुई प्याकेज बनाएर ठेक्का निकालिँदैन थियो ।
तर, विभागले आइटी र डेटा सम्बन्धी कामका लागि प्याकेज १ र पासपोर्ट बुक, प्रिन्टर आपूर्तिसहित पर्सनलाइजेसन सम्बन्धी कामका लागि प्याकेज २ को ठेक्का निकालेको थियो । पहिलो प्याकेजमा जर्मनीको म्युहलबाउर, मलेसियन कम्पनी आइरिस कर्पोरेसन बरहाद, र फ्रेन्च कम्पनी आईडिमियाले आवेदन दिएका थिए ।
प्राविधिक मूल्यांकनमा मलेसियन कम्पनी फेल भयो । तर, म्युहलबाउर पास भएपनि यो कम्पनीबारे प्राविधिक मूल्यांकन उपसमितिको १३ मध्ये ६ जनाले प्रश्न उठाएका थिए । म्युहलबाउरको पनि योग्यता नपुग्ने तर्ककै बीचमा मूल्यांकन समितिबाट यो कम्पनी पास भयो ।
बोलपत्रले डेटाका लागि ब्लेड सर्भर र्याक सर्भर मागेको थियो, तर म्युहलबाउरले र्याक सर्भर प्रस्ताव गरेको थियो । अरु क्राइटेरिया पनि पूरा नगरेको म्युहलबाउर प्राविधिक मूल्यांकनमा पास भएपछि विवाद पनि सुरु भयो । तर, आर्थिक प्रस्तावमा यही कम्पनीले कम मूल्य प्रस्ताव गरेपछि ठेक्का पाउने अवस्था भयो ।
प्याकेज २ को ठेक्कामा म्युहलबाउर, आइडी सर्भिसेज जीएमबीएच, आईडिमिया, पीडब्लु र भेरिडोसले आवेदन दिएका थिए । यसको प्राविधिक मूल्यांकनमा खासै विवाद भएन । आइडी सर्भिसेज जीएमबीएच र पीडब्लु फेल भए । त्यसपछि आइडिममिया र भेरिडोसमात्रै बाँकी रहे ।
तर, आर्थिक मूल्यांकनपछि यसमा पनि विवादमा चर्कियो । भेरीडोस आफैंले प्राविधिक मूल्यांकन पास गर्न ३ वटा प्रिन्टर ल्याउने प्रस्ताव गरेको थियो । तर, आर्थिक प्रस्तावमा भने २ वटा मात्रै प्रिन्टर राख्ने उल्लेख भयो । तर, कम मूल्यको प्रस्तावका कारण भेरिडोसकै आर्थिक प्रस्ताव स्वीकृत भएर टेन्डर लाग्ने भयो ।
अझ भरिडोसले युरो र आयडिमियाले डलरमा मूल्य प्रस्ताव गरेका थिए । मूल्यांकनमा बेलामा यूरो सस्तिायो, डलर महँगियो । डलर महागिएका कारण पनि ठेक्काको समयमा कम मूल्य प्रस्ताव गरेको आडिमिया मूल्यांकनमा फेल भयो । यसले गर्दा कुन दिनको सटही दरका आधारमा प्राविधिक मूल्यांकन गर्ने भन्ने विवाद पनि भयो ।
यसपछि आइडिमिया मुद्दामामिला गर्यो । अदालतदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र सार्वजनिक खरिद पुनरावलोकन समितिसम्म उजुरबाजुर भयो । सबैले पासपोर्ट विभागको मूल्यांकनलाई कसैले गतल ठहर्याएनन् ।
तर, पनि ठेक्कामा सेटिङ गरेको आरोप विभागमाथि लागिरहेको छ । विभागमा महानिर्देशक तीर्थराज अर्याल ठेक्का नपाएको कम्पनीले विवाद झिकेको बताए । तर, कानुनसम्वत नै ठेक्का लगाइएकाले विवादमा अर्थ नभएको उनको भनाइ छ ।
उनी भन्छन्,‘६४ लाख पासपोर्ट आपूर्ति गर्नसक्ने आधारहरु हेरेर ठेक्का लगाइएको छ, अहिलेको विवाद बुटवलबाट सामान कुन ट्रकमा ल्याउने भन्ने जस्तो मात्रै हो, यसको कुनै अर्थ छैन ।’
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



