खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग
विभिन्न १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त हुने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीसहितका १६ दलका विद्यार्थी संगठनले शुक्रबार एक विज्ञप्ति जारी गरेर समावेशी व्यवस्थासहितको खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न माग गरेका हुन् ।
विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रोकिइरहेको छ । शिक्षकहरुले सबै प्रकारका अस्थायी शिक्षकलाई ७५ प्रतिशत सिटमा आन्तरिक परीक्षा लिएर स्थायी गर्न माग गरेका छन् । तर विद्यार्थीहरुले भने खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न माग गरेका हुन् ।
विद्यार्थीहरुले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ । त्यस्तै शिक्षा विधेयक अगाडि बढाउँदा सबै विद्यार्थी संगठनको सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफल गर्न पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति

रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






