खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग
विभिन्न १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त हुने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीसहितका १६ दलका विद्यार्थी संगठनले शुक्रबार एक विज्ञप्ति जारी गरेर समावेशी व्यवस्थासहितको खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न माग गरेका हुन् ।
विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रोकिइरहेको छ । शिक्षकहरुले सबै प्रकारका अस्थायी शिक्षकलाई ७५ प्रतिशत सिटमा आन्तरिक परीक्षा लिएर स्थायी गर्न माग गरेका छन् । तर विद्यार्थीहरुले भने खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न माग गरेका हुन् ।
विद्यार्थीहरुले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ । त्यस्तै शिक्षा विधेयक अगाडि बढाउँदा सबै विद्यार्थी संगठनको सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफल गर्न पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






