१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
चीनकी १२ वर्षकी पौडी खेलाडी यु जिडी सन् १९३६ यता वर्ल्ड च्याम्पियनसिपमा मेडल जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् ।
सिंगापुरमा भएको प्रतियोगितामा उनले ४ बाइ २०० मिटर फ्रीस्टाइलमा कांस्यपदक जितेकी हुन् ।
यु जिडीले यो प्रतियोगिताको फाइनल भने खेलिनन् । उनले बिहीबार भएको हिट्समा निकालेको टाइमिङका आधारमा कांस्य पदक जितेकी हुन् । उनले ४ बाइ २०० मिटर फ्रीस्टाइल ७ मिनेट ५४.०६ सेकेण्डमा पूरागरेकी थिइन् ।
यो जितले उनलाई ८९ वर्ष पछाडि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी बन्न सफल भएकी छन् ।
सन् १९३६ मा बर्लिन ओलम्पिकमा डेनमार्ककी एक खेलाडीले २०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्यपदक जितेकी थिइन् । पदक जित्दा उनी १२ वर्ष पुग्न एक महिना बाँकी थियो । अहिले पदक जित्ने चिनियाँ खेलाडी यु जिडी भने आउँदो अक्टोबर महिनामा १३ वर्ष पुग्दैछिन् ।
यसअघि बिहीबार भएको अर्को प्रतियोगितामा पनि यु जिडी पदकको नजिक पुगेर पनि पदक जित्नबाट चुकिन् ।
महिलाहरुको २०० मिटर बटरफ्लाइमा उनी चौथो स्थानमा रहिन् । यसमा उनको टाइमिङ थियो २ मिनेट ६.४३ सेकेण्ड । उनी कांस्य पदक पाउनबाट ०.३१ सेकेण्ड मात्र पछि रहिन् ।
युले सन् २०२४ मा चीनमा गत अप्रिलमा भएको पौडीको नेशनल च्याम्पियनसिपमा ११ वर्षको उमेरमा नै रजत पदक जितेकी थिइन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



