१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
चीनकी १२ वर्षकी पौडी खेलाडी यु जिडी सन् १९३६ यता वर्ल्ड च्याम्पियनसिपमा मेडल जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् ।
सिंगापुरमा भएको प्रतियोगितामा उनले ४ बाइ २०० मिटर फ्रीस्टाइलमा कांस्यपदक जितेकी हुन् ।
यु जिडीले यो प्रतियोगिताको फाइनल भने खेलिनन् । उनले बिहीबार भएको हिट्समा निकालेको टाइमिङका आधारमा कांस्य पदक जितेकी हुन् । उनले ४ बाइ २०० मिटर फ्रीस्टाइल ७ मिनेट ५४.०६ सेकेण्डमा पूरागरेकी थिइन् ।
यो जितले उनलाई ८९ वर्ष पछाडि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी बन्न सफल भएकी छन् ।
सन् १९३६ मा बर्लिन ओलम्पिकमा डेनमार्ककी एक खेलाडीले २०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्यपदक जितेकी थिइन् । पदक जित्दा उनी १२ वर्ष पुग्न एक महिना बाँकी थियो । अहिले पदक जित्ने चिनियाँ खेलाडी यु जिडी भने आउँदो अक्टोबर महिनामा १३ वर्ष पुग्दैछिन् ।
यसअघि बिहीबार भएको अर्को प्रतियोगितामा पनि यु जिडी पदकको नजिक पुगेर पनि पदक जित्नबाट चुकिन् ।
महिलाहरुको २०० मिटर बटरफ्लाइमा उनी चौथो स्थानमा रहिन् । यसमा उनको टाइमिङ थियो २ मिनेट ६.४३ सेकेण्ड । उनी कांस्य पदक पाउनबाट ०.३१ सेकेण्ड मात्र पछि रहिन् ।
युले सन् २०२४ मा चीनमा गत अप्रिलमा भएको पौडीको नेशनल च्याम्पियनसिपमा ११ वर्षको उमेरमा नै रजत पदक जितेकी थिइन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






