नेभिगेशन
अर्थतन्त्र

गाडी किन्न कुन बैंकले दिँदैछ सस्तो ब्याजको ऋण ? 

गाडी बिक्रेताको अफर र बैंकले दिने सस्तो ब्याजको ऋणका हिसाबले अब दशैं तिहारसम्मको समय गाडी किन्नका लागि बेस्ट सिजन हो । 

यही बेला बैंकहरुसँग लगानी गर्न प्रशस्त पैसा छ, ब्याजदर घटेको छ । यसले गर्दा अटो लोन कर्जामा बैंकहरुले गर्ने लगानीको ब्याजदर पनि विगतको तुलनामा निकै कम छ । कुन बैंकबाट अटो लोन लिँदा फाइदा छ त ? 

नयाँ गाडी किन्नेहरुको लागि चाडबाडको सिजन सबैभन्दा उत्तम समय हो । तर, सबैले डाउन पेमेन्टमा गाडी किन्न सक्दैनन्, त्यसका लागि चाहिन्छ ऋण । यस्तै ग्राहकलाई लक्षित गरेर बैंकहरुले अटो लोनका स्किमहरु बनाएका छन् । 

साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नाइमा एक्स्पो सुरु हुँदैछ । विगतमा नाडा अटोमोवाइल डिलर्स एशोसिएसनले दशैंको समयमा अटो शो आयोजना गथ्र्यो । 

यस वर्ष गाडी बिक्रेताहरुको अर्को पनि संस्था थपिएको छ, नेपाल अटोमोवाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) । नाइमाले नाडाले भन्दा झण्डै एक महिना पहिला गाडी किनबेचको अर्को मेला आयोजना गरेको छ । हरेक वर्ष हुँदै आएको नाडा अटो शो त छँदैछ । 

यस्ता मेलामा गाडी र बाइक बुक गर्दा हेभी डिस्काउन्ट र अफरहरु पाइन्छ । सामान्यतयाः अरु बेलामा कम्पनीहरुले अफरहरु दिँदैनन् । त्यसैले गाडी किन्न चाहनुहुन्छ भने यस्ता अफर छाड्ने कुरै हुँदैन ।

तपाईंलाई बैंकहरुसँग गाडी किन्न ऋण लिँदा ब्याज पनि महँगै पर्ला भन्ने लाग्ला । तर, यसपाली अटो लोनमा बैंकको ब्याजदर खासै उच्च छैन । बैंकको ब्याजदरको आधार दर अर्थात् बेस रेट नै ५ वर्ष यताकै सस्तो भएको छ ।

अहिले बैंकको बेस रेट औसतमा ८ प्रतिशत छ । त्यसैले ऋण लिँदा एक अंककै ब्याजदरमा पाइन्छ । 

त्यसो भए कुन बैंकले सस्तोमा अटो लोन दिइरहेको छ त ? आउनुस् हामी एक–एक गरी हेरौं । 

सबैभन्दा सस्तो अटो लोन दिइरहेको कृषि विकास बैंकले । यो बैंकले ६.०३ देखि ८.०३ प्रतिशतसम्म ब्याजदरमा अटो लोन दिइरहेको छ । सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंकमा अटो लोन ब्याजदर ६.१३ देखि ८.१३ प्रतिशतसम्म छ । 

नबिल बैंकले अटो लोनमा मनसुन अफर नै ल्याएको छ । यसको ब्याजदर ८.२५ प्रतिशत छ । 

एनएमबी बैंकले सुलभ ईभी फिक्स्ड रेट अफर ल्याएको छ । यसमा तपाईंले ८.८९ प्रतिशतमै गाडी किन्न ऋण पाउनुहुन्छ । 

एभरेस्ट बैंकले ६.२७ प्रतिशतदेखि ८.२७ प्रतिशतसम्मको ब्याजदरमा ऋण दिँदैछ । सिद्धार्थ बैंकले ६.३४ देखि ९.३४ प्रतिशतसम्मको दरमा ऋण दिन्छ । सिटिजन बैंकले पनि अटो लोन ६.३५ देखि ९.३५ प्रतिशतसम्ममा दिएको छ । 

एक्सल विकास बैंकबाट विद्युतीय गाडी किन्न अटो कर्जा लिनुहुन्छ भने ६.६३ देखि १०.५३ प्रतिशतसम्मको दरमा ऋण पाउनुहुन्छ । याद गर्नुस् हैन, एक्सलको यो ब्याजदर ईभी किन्नका लागि मात्रै हो । 

नेपाल एसबीआई बैंकले ६.५४ प्रतिशतदेखि ८.५४ प्रतिशतसम्म ब्याज लिइरहेको छ । प्राइम कमर्सियल बैंकले ६.६२ प्रतिशतदेखि ११.६२ प्रतिशतसम्म ब्याज लिन्छ । 

राष्ट्रिय वाणिज्य बैंकबाट बिजुली गाडी किन्न ऋण लिने हो भने मज्जा नै छ । वाणिज्य बैंकले ईभीका लागि ६.६४ देखि ६.८९ प्रतिशतसम्म ब्याजमा ऋण दिँदैछ । अरु बैंकहरुको ब्याजदर हेर्नुभयो भने अधिकतम १४.१८ प्रतिशतसम्म छ ।

सर्सती बैंक अनुसार अटो लदोनको ब्याजदरको विवरणमा हेरौं :  

साइन रेसुंगा विकास बैंकको ६.६९ देखि १०.६९ प्रतिशतसम्म । 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको – ६.७८देखि ८.७८ प्रतिशतसम्म । 

माछापु्च्छ्रे बैंकको ६.८० देखि ८.८० प्रतिशतसम्म । 

गरिमा विकास बैंकको ६.९४ देखि १०.४४ प्रतिशतसम्म । 

महालक्ष्मी विकास बैंकको ६.९४ देखि १०.६९ प्रतिशतसम्म । 

मुक्तिनाथ विकास बैंकको ७.१० देखि ११.१० प्रतिशतसम्म । 

ज्योति विकास बैंकको ७.१२ देखि १२.१२ प्रतिशतसम्म । 

हिमालयन बैंकको ७.१३ देखि ९.१३ प्रतिशतसम्म ।

कामना सेवा विकास बैंकको ७.१८ देखि १२.१८ प्रतिशतसम्म । 

लुम्बिनी विकास बैंकको ७.२२ देखि ११.२२ प्रतिशतसम्म । 

सांग्रिला विकास बैंकको ७.२४ देखि ११.२३ प्रतिशतसम्म  । 

ग्लोबल आईएमई बैंकको ७.२६ देखि ९.२६ प्रतिशतसम्म । 

एनआईसी एसिया बैंकको ७.३९ देखि ७.८९ प्रतिशतसम्म ।

लक्ष्मी सनराइज बैंकको ७.५३ देखि ९.५२ प्रतिशतसम्म  । 

सानिमा बैंकको– ७.६५ देखि ९.६५ प्रतिशतसम्म । 

मुञ्जुश्री फाइनान्सको ७.८१ देखि ११.८१ प्रतिशतसम्म ।  

आईसीएफसी फाइनान्सको ७.९९ देखि ११.९९ प्रतिशतसम्म । 

सिन्धु विकास बैंकको ८.४६ देखि १३.४६ प्रतिशतसम्म । 

प्रभु बैंकको ८.६६ देखि १०.६६ प्रतिशतसम्म । 

प्रोग्रेसिभ फाइनान्सको ८.६९ देखि ११.६९ प्रतिशत । 

कुमारी बैंकको ८.९९ प्रतिशत । 

पोखरा फाइनान्सको ९.१८ देखि १४.१८ प्रतिशत । 

रिलायन्स फाइनान्सको ९.४८ देखि ११.४८ प्रतिशत । 

यहाँ हामीले भनेको ब्याजदर न्युनतम् र अधिकतम हो । तर, बैंकहरुले ऋण तिर्ने अवधि, ऋणको मात्रा र ग्राहकको व्यावसायिक पृष्ठभूमि हेरेर फरक व्याजदरमा ऋण दिन्छन् । सामान्यतयाः ५, ७ र १० वर्षका लागि फिक्स्ड अटो लोन सुविधा पाइन्छ । 

न्यूनतम र अधिकतमभित्र कति ब्याजदर फिक्स गर्ने भन्ने कुरा चाहिँ तपाईंले बैंकसँग गर्न सक्ने बार्गेनिङमा भर पर्छ । तपाईंको बैंकरहरुसँगको सम्बन्ध र ऋण कारोबारको हिस्ट्रीले पनि फरक पार्छ । 

जे होस् अहिले पनि बैंकहरुले अटो लोनमा अफरहरु गरिरहेका छन् । अझै दशैंसम्म यस्ता अफर अरु पनि आउन सक्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थतन्त्र