गाडी किन्न कुन बैंकले दिँदैछ सस्तो ब्याजको ऋण ?
गाडी बिक्रेताको अफर र बैंकले दिने सस्तो ब्याजको ऋणका हिसाबले अब दशैं तिहारसम्मको समय गाडी किन्नका लागि बेस्ट सिजन हो ।
यही बेला बैंकहरुसँग लगानी गर्न प्रशस्त पैसा छ, ब्याजदर घटेको छ । यसले गर्दा अटो लोन कर्जामा बैंकहरुले गर्ने लगानीको ब्याजदर पनि विगतको तुलनामा निकै कम छ । कुन बैंकबाट अटो लोन लिँदा फाइदा छ त ?
नयाँ गाडी किन्नेहरुको लागि चाडबाडको सिजन सबैभन्दा उत्तम समय हो । तर, सबैले डाउन पेमेन्टमा गाडी किन्न सक्दैनन्, त्यसका लागि चाहिन्छ ऋण । यस्तै ग्राहकलाई लक्षित गरेर बैंकहरुले अटो लोनका स्किमहरु बनाएका छन् ।
साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नाइमा एक्स्पो सुरु हुँदैछ । विगतमा नाडा अटोमोवाइल डिलर्स एशोसिएसनले दशैंको समयमा अटो शो आयोजना गथ्र्यो ।
यस वर्ष गाडी बिक्रेताहरुको अर्को पनि संस्था थपिएको छ, नेपाल अटोमोवाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) । नाइमाले नाडाले भन्दा झण्डै एक महिना पहिला गाडी किनबेचको अर्को मेला आयोजना गरेको छ । हरेक वर्ष हुँदै आएको नाडा अटो शो त छँदैछ ।
यस्ता मेलामा गाडी र बाइक बुक गर्दा हेभी डिस्काउन्ट र अफरहरु पाइन्छ । सामान्यतयाः अरु बेलामा कम्पनीहरुले अफरहरु दिँदैनन् । त्यसैले गाडी किन्न चाहनुहुन्छ भने यस्ता अफर छाड्ने कुरै हुँदैन ।
तपाईंलाई बैंकहरुसँग गाडी किन्न ऋण लिँदा ब्याज पनि महँगै पर्ला भन्ने लाग्ला । तर, यसपाली अटो लोनमा बैंकको ब्याजदर खासै उच्च छैन । बैंकको ब्याजदरको आधार दर अर्थात् बेस रेट नै ५ वर्ष यताकै सस्तो भएको छ ।
अहिले बैंकको बेस रेट औसतमा ८ प्रतिशत छ । त्यसैले ऋण लिँदा एक अंककै ब्याजदरमा पाइन्छ ।
त्यसो भए कुन बैंकले सस्तोमा अटो लोन दिइरहेको छ त ? आउनुस् हामी एक–एक गरी हेरौं ।
सबैभन्दा सस्तो अटो लोन दिइरहेको कृषि विकास बैंकले । यो बैंकले ६.०३ देखि ८.०३ प्रतिशतसम्म ब्याजदरमा अटो लोन दिइरहेको छ । सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंकमा अटो लोन ब्याजदर ६.१३ देखि ८.१३ प्रतिशतसम्म छ ।
नबिल बैंकले अटो लोनमा मनसुन अफर नै ल्याएको छ । यसको ब्याजदर ८.२५ प्रतिशत छ ।
एनएमबी बैंकले सुलभ ईभी फिक्स्ड रेट अफर ल्याएको छ । यसमा तपाईंले ८.८९ प्रतिशतमै गाडी किन्न ऋण पाउनुहुन्छ ।
एभरेस्ट बैंकले ६.२७ प्रतिशतदेखि ८.२७ प्रतिशतसम्मको ब्याजदरमा ऋण दिँदैछ । सिद्धार्थ बैंकले ६.३४ देखि ९.३४ प्रतिशतसम्मको दरमा ऋण दिन्छ । सिटिजन बैंकले पनि अटो लोन ६.३५ देखि ९.३५ प्रतिशतसम्ममा दिएको छ ।
एक्सल विकास बैंकबाट विद्युतीय गाडी किन्न अटो कर्जा लिनुहुन्छ भने ६.६३ देखि १०.५३ प्रतिशतसम्मको दरमा ऋण पाउनुहुन्छ । याद गर्नुस् हैन, एक्सलको यो ब्याजदर ईभी किन्नका लागि मात्रै हो ।
नेपाल एसबीआई बैंकले ६.५४ प्रतिशतदेखि ८.५४ प्रतिशतसम्म ब्याज लिइरहेको छ । प्राइम कमर्सियल बैंकले ६.६२ प्रतिशतदेखि ११.६२ प्रतिशतसम्म ब्याज लिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट बिजुली गाडी किन्न ऋण लिने हो भने मज्जा नै छ । वाणिज्य बैंकले ईभीका लागि ६.६४ देखि ६.८९ प्रतिशतसम्म ब्याजमा ऋण दिँदैछ । अरु बैंकहरुको ब्याजदर हेर्नुभयो भने अधिकतम १४.१८ प्रतिशतसम्म छ ।
सर्सती बैंक अनुसार अटो लदोनको ब्याजदरको विवरणमा हेरौं :
साइन रेसुंगा विकास बैंकको ६.६९ देखि १०.६९ प्रतिशतसम्म ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको – ६.७८देखि ८.७८ प्रतिशतसम्म ।
माछापु्च्छ्रे बैंकको ६.८० देखि ८.८० प्रतिशतसम्म ।
गरिमा विकास बैंकको ६.९४ देखि १०.४४ प्रतिशतसम्म ।
महालक्ष्मी विकास बैंकको ६.९४ देखि १०.६९ प्रतिशतसम्म ।
मुक्तिनाथ विकास बैंकको ७.१० देखि ११.१० प्रतिशतसम्म ।
ज्योति विकास बैंकको ७.१२ देखि १२.१२ प्रतिशतसम्म ।
हिमालयन बैंकको ७.१३ देखि ९.१३ प्रतिशतसम्म ।
कामना सेवा विकास बैंकको ७.१८ देखि १२.१८ प्रतिशतसम्म ।
लुम्बिनी विकास बैंकको ७.२२ देखि ११.२२ प्रतिशतसम्म ।
सांग्रिला विकास बैंकको ७.२४ देखि ११.२३ प्रतिशतसम्म ।
ग्लोबल आईएमई बैंकको ७.२६ देखि ९.२६ प्रतिशतसम्म ।
एनआईसी एसिया बैंकको ७.३९ देखि ७.८९ प्रतिशतसम्म ।
लक्ष्मी सनराइज बैंकको ७.५३ देखि ९.५२ प्रतिशतसम्म ।
सानिमा बैंकको– ७.६५ देखि ९.६५ प्रतिशतसम्म ।
मुञ्जुश्री फाइनान्सको ७.८१ देखि ११.८१ प्रतिशतसम्म ।
आईसीएफसी फाइनान्सको ७.९९ देखि ११.९९ प्रतिशतसम्म ।
सिन्धु विकास बैंकको ८.४६ देखि १३.४६ प्रतिशतसम्म ।
प्रभु बैंकको ८.६६ देखि १०.६६ प्रतिशतसम्म ।
प्रोग्रेसिभ फाइनान्सको ८.६९ देखि ११.६९ प्रतिशत ।
कुमारी बैंकको ८.९९ प्रतिशत ।
पोखरा फाइनान्सको ९.१८ देखि १४.१८ प्रतिशत ।
रिलायन्स फाइनान्सको ९.४८ देखि ११.४८ प्रतिशत ।
यहाँ हामीले भनेको ब्याजदर न्युनतम् र अधिकतम हो । तर, बैंकहरुले ऋण तिर्ने अवधि, ऋणको मात्रा र ग्राहकको व्यावसायिक पृष्ठभूमि हेरेर फरक व्याजदरमा ऋण दिन्छन् । सामान्यतयाः ५, ७ र १० वर्षका लागि फिक्स्ड अटो लोन सुविधा पाइन्छ ।
न्यूनतम र अधिकतमभित्र कति ब्याजदर फिक्स गर्ने भन्ने कुरा चाहिँ तपाईंले बैंकसँग गर्न सक्ने बार्गेनिङमा भर पर्छ । तपाईंको बैंकरहरुसँगको सम्बन्ध र ऋण कारोबारको हिस्ट्रीले पनि फरक पार्छ ।
जे होस् अहिले पनि बैंकहरुले अटो लोनमा अफरहरु गरिरहेका छन् । अझै दशैंसम्म यस्ता अफर अरु पनि आउन सक्छन् ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन



-1781681783.png)
-1781759377.png)




