भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता
भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा भीषण वर्षापछिको बाढीले बस्ती नै बगाउँदा ४ जनाको मृत्यु भएको छ, धेरै मानिसहरु बेपत्ता भएका छन् ।
उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा भीषण वर्षापछि बाढी आउँदा खीर गंगा नदी किनारको बस्तीका घर, होटल, होमस्टे र गाउँ नै बगाएको छ । घटनापछि भारतको प्रहरी, सेना र विपद उद्दार टोली घटनास्थलमा पुगेको छ ।
स्थानीय अधिकारीहरुका अनुसार बाढीका कारण धेरै घरहरु सोत्तर भएका छन् । एक स्थानीय बासिन्दाले भारतीय समाचार संस्था पीटीआईलाई बताए अनुसार करिब २० देखि २५ वटा घर, होटल र गेस्ट हाउस बाढीले नष्ट पारेको छ ।
भारतीय सेनाका अनुसार दिउँसो १ः४५ बजे लेदो माटोसहित खीर गंगा नदीमा बाढी आएको थियो ।
घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग कुरा गरेका छन् । उनीहरुले उद्दारका लागि सबै प्रयास गर्न आग्रह गरेका छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






