भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता

भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा भीषण वर्षापछिको बाढीले बस्ती नै बगाउँदा ४ जनाको मृत्यु भएको छ, धेरै मानिसहरु बेपत्ता भएका छन् ।
उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा भीषण वर्षापछि बाढी आउँदा खीर गंगा नदी किनारको बस्तीका घर, होटल, होमस्टे र गाउँ नै बगाएको छ । घटनापछि भारतको प्रहरी, सेना र विपद उद्दार टोली घटनास्थलमा पुगेको छ ।
स्थानीय अधिकारीहरुका अनुसार बाढीका कारण धेरै घरहरु सोत्तर भएका छन् । एक स्थानीय बासिन्दाले भारतीय समाचार संस्था पीटीआईलाई बताए अनुसार करिब २० देखि २५ वटा घर, होटल र गेस्ट हाउस बाढीले नष्ट पारेको छ ।
भारतीय सेनाका अनुसार दिउँसो १ः४५ बजे लेदो माटोसहित खीर गंगा नदीमा बाढी आएको थियो ।
घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग कुरा गरेका छन् । उनीहरुले उद्दारका लागि सबै प्रयास गर्न आग्रह गरेका छन् ।

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी

बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक
