कस्तो छ इलेक्ट्रिक स्कुटर चेतक ?
नेपालमा नाम चलेको ब्राण्डले इलेक्ट्रिक स्कुटर ल्याएनन् । नयाँ ब्राण्डहरुमाथि उपभोक्ताले विश्वास नै गर्न सकेनन् । त्यही कारण इभी गाडीको एडपटेसन रेट हाइ हुँदापनि दुई पाङ्ग्रे सवारीमा भने इभीको प्रयोग किनै कम छ ।
अब भने विश्वासिलो ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आइसकेको छ । यसको नाम हो, चेतक ।
बजाजले सन् २००५ सम्म चेतक नाममा पेट्रोल स्कुटर उत्पादन गर्दै आएको थियो । १४ वर्षपछि २०२० मा चेतककै विद्युतीय भर्सन उत्पादन थालेको थियो । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सोमबार नेपाली बजारमा चेतक लन्च गरेको छ ।
लुक्स क्लासिक छ, टेक्नोलोजी मोडर्न छ । यसको सिट कम्फर्टेबल छ । मेटलबाटै बनेको स्कुटरको बडी साइनी छ ।
यसमा ३.५ किलोवाटको ब्याट्री छ । एक पटक फुलचार्ज गरेपछि १५३ किलोमिटरसम्म रेन्ज दिने बिक्रेताको दाबी छ । फास्ट चार्जिङ पनि सपोर्ट गर्छ र, ३ घण्टा चार्ज गर्दा ८० प्रतिशत चार्ज हुन्छ ।
यो स्कुटरले अधिकतम ७३ किलोमिटर प्रतिघण्टाको स्पिड दिन्छ ।
चेतकमा केही सेफ्टी फिचरहरु पनि राखिएका छन् । ओभर स्पिडमा वार्निङ दिन्छ । चोरी हुनबाट रोक्नका लागि लक गर्ने सुविधा पनि छ । अनि, मोबाइल एपबाट स्कुटर नियन्त्रण र रेखदेख गर्न सकिन्छ ।
बजाज अटोका एसिया रिजन भाइस प्रेसिडेन्ट मनिष थापरले यो स्कुटर युवालाई लक्षित गरेर डिजाइन गरेको बताएका छन् । यो स्कुटर शहरभित्रको प्रयोगका लागि उपयुक्त हुने मानिएको छ ।
चेतकको स्मार्ट फिचर र इको फ्रेन्डली डिजाइनलाई नेपाली ग्राहकले मन पराउने गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाको विश्वास छ ।
नेपाली बजारमा यसको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
चेतकको बुकिङ खुला भइसकेको छ । नक्सालमा रहेको बजाज शोरुममा गएर वा साउन २१ गते भृकुटीमण्डपमा सुरु हुने नाइमामा गएर पनि बुक गर्न सक्नुहुनेछ ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन



-1781681783.png)
-1781759377.png)




