गल्यो महानगर, बसन्तपुर दरबारबाट हटाउँदैछ कंक्रिट
काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा कंक्रिट प्रयोग नगर्ने भएको छ । कंक्रिटको प्रयोग गरेर नयाँ ढुंगा बिछ्याइरहेको महागरले कंक्रिट प्रयोग नगरी ढुंगा बिछ्याउने तयारी गरेको छ ।
ढुंगाहरु फेर्न थालेको एक वर्ष हुन लाग्यो । काम यसै सुस्त छ । झन् त्यसमाथि महानगरपालिकाले ढुंगा फेर्दा कंक्रिट प्रयोग गरेपछि स्थानीयले काम नै रोकेका थिए ।
विश्व सम्पदा क्षेत्रमा महानगरले कंक्रिट प्रयोग गरेपछि स्थानीयले काम अघि बढाउन दिएका थिएनन् ।
सम्पदा अभियान्ता तथा स्थानीयबासीले विरोधेपछि उपमेयर सुनिा डंगोल स्थलगत अनुमगनमा गएकी थिइन् । उनले कंक्रिट प्रयोग नगर्ने प्रतिवद्धता जनाएकी थिइन् ।
विगतमा महानगरपालिकाले दरबार क्षेत्रमा भूमिगत पानी पुनर्भरण अर्थात रिचार्ज हुने गरी ढुंगा बिछ्याउने बताएको थियो । सोही कारण स्थानीय बासी पुरानो ढुंगा हटाएर नयाँ राख्न तयार भएका थिए ।
तर, नयाँ ढुंगा हाल्न पुरानो ढुंगा हटाउँदा मुनि पिच नै भेटिएको थियो । विगतमा केशव स्थापित मेयर हुँदा ढुंगा बिछ्याउँदा पुरानो सडकको कालोपत्रे नै ननिकालिएको भेटिएको छ ।
विगतको गल्तीलाई नसच्याइ महानगरपालिकाले पिचमाथि नै बालुवा बिछ्याएर ढुंगा राख्न थालेको थियो । अझ ढुंगा बिछ्याउने क्रममा कंक्रिट प्रयोग भएपछि त स्थानीयले चर्को खबरदारी गरेका थिए ।
अहिले पुरानो पिच उप्काएर ढुंगा हाल्ने तयारी हुँदैछ, यसबारेको यो भिडियो रिपोर्ट ।

उत्तर कोरियासँग ११–० ले हारेपछि नेपाल एसिया कप छनोटबाट बाहिरियो

भारतको उत्तराखण्डमा भीषण बाढीले बस्ती नै बगायो, ४ जनाको मृत्यु, धेरै मानिस बेपत्ता

उच्चपदस्थ नेताको सम्पत्ति छानबिन आयोग बनाउन माओवादीको माग

बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी
