गल्यो महानगर, बसन्तपुर दरबारबाट हटाउँदैछ कंक्रिट
काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा कंक्रिट प्रयोग नगर्ने भएको छ । कंक्रिटको प्रयोग गरेर नयाँ ढुंगा बिछ्याइरहेको महागरले कंक्रिट प्रयोग नगरी ढुंगा बिछ्याउने तयारी गरेको छ ।
ढुंगाहरु फेर्न थालेको एक वर्ष हुन लाग्यो । काम यसै सुस्त छ । झन् त्यसमाथि महानगरपालिकाले ढुंगा फेर्दा कंक्रिट प्रयोग गरेपछि स्थानीयले काम नै रोकेका थिए ।
विश्व सम्पदा क्षेत्रमा महानगरले कंक्रिट प्रयोग गरेपछि स्थानीयले काम अघि बढाउन दिएका थिएनन् ।
सम्पदा अभियान्ता तथा स्थानीयबासीले विरोधेपछि उपमेयर सुनिा डंगोल स्थलगत अनुमगनमा गएकी थिइन् । उनले कंक्रिट प्रयोग नगर्ने प्रतिवद्धता जनाएकी थिइन् ।
विगतमा महानगरपालिकाले दरबार क्षेत्रमा भूमिगत पानी पुनर्भरण अर्थात रिचार्ज हुने गरी ढुंगा बिछ्याउने बताएको थियो । सोही कारण स्थानीय बासी पुरानो ढुंगा हटाएर नयाँ राख्न तयार भएका थिए ।
तर, नयाँ ढुंगा हाल्न पुरानो ढुंगा हटाउँदा मुनि पिच नै भेटिएको थियो । विगतमा केशव स्थापित मेयर हुँदा ढुंगा बिछ्याउँदा पुरानो सडकको कालोपत्रे नै ननिकालिएको भेटिएको छ ।
विगतको गल्तीलाई नसच्याइ महानगरपालिकाले पिचमाथि नै बालुवा बिछ्याएर ढुंगा राख्न थालेको थियो । अझ ढुंगा बिछ्याउने क्रममा कंक्रिट प्रयोग भएपछि त स्थानीयले चर्को खबरदारी गरेका थिए ।
अहिले पुरानो पिच उप्काएर ढुंगा हाल्ने तयारी हुँदैछ, यसबारेको यो भिडियो रिपोर्ट ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






