उपनिर्वाचनका लागि रास्वपामा ९ जना प्रारम्भिक उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जनाले इच्छा देखाएका थिए । त्यसपछि रास्वपाले ती ९ जनाउपर दाबी विरोध माग गरेको थियो । त्यस्तै उम्मेदवार बन्न इच्छुकहरुबीच आपसमा छलफल पनि गराएको थियो ।
यी दुबै प्रक्रियाबाट पनि सबै ९ जना उम्मेदवार नै प्रारम्भिक उम्मेदवारमा छनोट भएका छन् । छनोट हुनेमा मधुप्रसाद अर्याल, डा. लेखजंग थापा, कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, रचना क्षेत्री, सुलभ खरेल, पुनमकुमारी अग्रवाल र जीतबहादुर गुप्ता रहेका छन् ।
रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार अब मंगलबारदेखि उम्मेदवारहरुको लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशीता परीक्षण गरिनेछ । त्यसपछि रुपन्देही ३ का पार्टी सदस्य र केन्द्रीय समिति सदस्यहरुले उम्मेदवार छनोटका लागि मतदान गर्नेछन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






