उपनिर्वाचनका लागि रास्वपामा ९ जना प्रारम्भिक उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जनाले इच्छा देखाएका थिए । त्यसपछि रास्वपाले ती ९ जनाउपर दाबी विरोध माग गरेको थियो । त्यस्तै उम्मेदवार बन्न इच्छुकहरुबीच आपसमा छलफल पनि गराएको थियो ।
यी दुबै प्रक्रियाबाट पनि सबै ९ जना उम्मेदवार नै प्रारम्भिक उम्मेदवारमा छनोट भएका छन् । छनोट हुनेमा मधुप्रसाद अर्याल, डा. लेखजंग थापा, कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, रचना क्षेत्री, सुलभ खरेल, पुनमकुमारी अग्रवाल र जीतबहादुर गुप्ता रहेका छन् ।
रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार अब मंगलबारदेखि उम्मेदवारहरुको लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशीता परीक्षण गरिनेछ । त्यसपछि रुपन्देही ३ का पार्टी सदस्य र केन्द्रीय समिति सदस्यहरुले उम्मेदवार छनोटका लागि मतदान गर्नेछन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






