रवि भेटेर फर्केपछि मानव अधिकार आयोगले भन्यो : जेल सुधार, क्षमता बढाऊ

राष्ट्रिय मानव अधिकार आयोगले कारागारहरुको क्षमता वृद्धि र उचित सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
रुपन्देही कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेट र कैदीबन्दीहरुबीचको झडपका कारण एक जनाको मृत्यु भएको कैलाली कारागारको अनुगमनपछि आयोगले सुधार गर्न निर्देशन दिएको हो ।
आयोगले कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेट व्यवस्था गर्न, रुपन्देही, कैलाली र अरु कारागारको क्षमता बढाउन र उचित सुधार गर्न निर्देशन दिएको छ ।
त्यस्तै कैदी बन्दी स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन पनि निर्देशन दिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कारागार स्थानान्तरण माग गरेको, अदालतले पनि आदेश दिएको तर कारागार प्रशासनले स्थानान्तरण नगरिदिएको बताएका थिए ।
मानव अधिकार आयोगले कारागारमा पटक पटक हुने गरेका भिडन्तहरु दोहारिन नदिने रणनीति बनाउन, कारागारको सुरक्षा व्यवस्था चुस्त बनाउन, कारागारलाई सुधार गृहको रुपमा विकास गर्न र कारागार व्यवस्थापन र कारागारभित्रको क्रियाकलाप पारदर्शी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले रुपन्देही कारागारको अनुगमन गरेकी थिइन् भने सुदूरपश्चिम कार्यालयले कैलाली कारागारको अनुगमन गरेको थियो ।
कैलालीमा कैदी बन्दीबीच पटक पटक झगडा हुँदा पनि राज्य संयन्त्रले समस्या समाधानका लागि पर्याप्त पहल नगरेको, सुरक्षाकर्मी न्यून रहेको र सुरक्षा चेकजाँच अत्यन्तै फितलो हुनुका साथै प्रविधियुक्त नरहेको आयोगले बताएको छ । त्यस्तै स्थानान्तरण प्रक्रिया पारदर्शी नहुँदा कैदीबन्दीबीच द्विपक्षीय भिडन्त हुन पुगेको पनि आयोगको भनाइ छ ।
हेर्नुहोस् आयोगको विज्ञप्ति

सर्वोच्चले गरिदियो मुकुल ढकालको रिट खारेज

उपनिर्वाचनका लागि रास्वपामा ९ जना प्रारम्भिक उम्मेदवार

उत्तर कोरियासँग ११–० ले हारेपछि नेपाल एसिया कप छनोटबाट बाहिरियो

गल्यो महानगर, बसन्तपुर दरबारबाट हटाउँदैछ कंक्रिट
