रवि भेटेर फर्केपछि मानव अधिकार आयोगले भन्यो : जेल सुधार, क्षमता बढाऊ
राष्ट्रिय मानव अधिकार आयोगले कारागारहरुको क्षमता वृद्धि र उचित सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
रुपन्देही कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेट र कैदीबन्दीहरुबीचको झडपका कारण एक जनाको मृत्यु भएको कैलाली कारागारको अनुगमनपछि आयोगले सुधार गर्न निर्देशन दिएको हो ।
आयोगले कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेट व्यवस्था गर्न, रुपन्देही, कैलाली र अरु कारागारको क्षमता बढाउन र उचित सुधार गर्न निर्देशन दिएको छ ।
त्यस्तै कैदी बन्दी स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन पनि निर्देशन दिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कारागार स्थानान्तरण माग गरेको, अदालतले पनि आदेश दिएको तर कारागार प्रशासनले स्थानान्तरण नगरिदिएको बताएका थिए ।
मानव अधिकार आयोगले कारागारमा पटक पटक हुने गरेका भिडन्तहरु दोहारिन नदिने रणनीति बनाउन, कारागारको सुरक्षा व्यवस्था चुस्त बनाउन, कारागारलाई सुधार गृहको रुपमा विकास गर्न र कारागार व्यवस्थापन र कारागारभित्रको क्रियाकलाप पारदर्शी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले रुपन्देही कारागारको अनुगमन गरेकी थिइन् भने सुदूरपश्चिम कार्यालयले कैलाली कारागारको अनुगमन गरेको थियो ।
कैलालीमा कैदी बन्दीबीच पटक पटक झगडा हुँदा पनि राज्य संयन्त्रले समस्या समाधानका लागि पर्याप्त पहल नगरेको, सुरक्षाकर्मी न्यून रहेको र सुरक्षा चेकजाँच अत्यन्तै फितलो हुनुका साथै प्रविधियुक्त नरहेको आयोगले बताएको छ । त्यस्तै स्थानान्तरण प्रक्रिया पारदर्शी नहुँदा कैदीबन्दीबीच द्विपक्षीय भिडन्त हुन पुगेको पनि आयोगको भनाइ छ ।
हेर्नुहोस् आयोगको विज्ञप्ति

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






