सर्वोच्चले गरिदियो मुकुल ढकालको रिट खारेज
मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीका रुपमा काम गर्न पाउँ भन्दै दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुकुलको रिट खारेज गरेको सर्वोच्च अदालतले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २०८१ साउन १० गते नै ढकाललाई साधारण सदस्य मात्र रहने गरी महामन्त्री र प्रवक्ताबाट निष्कासन गरेको थियो ।
रास्वपाका पदाधिकारीहरुका अनुसार पार्टीको यो निर्णय अनुसार पदाधिकारीहरुको विवरण अद्यावधिक गरिदिन साउन १७ गते निर्वाचन आयोगमा पत्र पठाइएको थियो ।
तर रास्वपाको पत्र अनुसार निर्वाचन आयोगले समयमा विवरण अद्यावधिक गरेन । २०८२ असार ४ गते मुकुलले निर्वाचन आयोगमा पत्र पठाएर पदाधिकारीहरुको विवरण माग गरेका थिए । जसमा महामन्त्रीमा मुकुल नै थिए ।
निर्वाचन आयोगले रास्वपाको निर्णय अनुसार पदाधिकारीको विवरण अद्यावधिक नगरेको विषयलाई लिएर मुकुलले पुनः पार्टीमा फर्किन खोजेका थिए । उनले आफूलाई महामन्त्रीका रुपमा काम गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सोही रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुवेदी र पोखरेलको इजलासले उनको माग अस्वीकार गर्दै रिट खारेज गरेको हो । सँगै निर्वाचन आयोगलाई रास्वपाको निर्णय अनुसार पदाधिकारीको विवरण अद्यावधिक गर्न निर्देशनात्मक आदेश पनि दिएको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






