नेभिगेशन
3 Minute

बागमतीमा बानियाँले बनाए १४ सदस्यीय मन्त्रिपरिषद

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसका कञ्चनबादे श्रेष्ठलाई आन्तरिक मामिला मन्त्री र सुरेश श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् । 

त्यस्तै कांग्रेसकै विनु रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, प्रभात तामाङलाई आर्थिक मामिला मन्त्री र उर्मिला नेपाललाई सामाजिक विकास मन्त्री बनाएका छन् । कांग्रेसबाट यसअघि नै मन्त्री बनेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन् भने कृष्णकुमार तामाङ खानेपानी मन्त्री छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथ लिनेछन् । 

बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार छ । एमालेबाट भने यसअघि नै ६ जनामन्त्री भइसकेका छन् । जसमा मधुसुदन पौडेल कृषि तथा पशुपन्छीमन्त्री, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधारमन्त्री, विन्दु श्रेष्ठ उद्योग वाणिज्यमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री बनिसकेका छन् । त्यस्तै किरण थापामगर स्वास्थ्यमन्त्री र भरतबहादुर केसी वन तथा वातावरण मन्त्री बनिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute