बागमतीमा बानियाँले बनाए १४ सदस्यीय मन्त्रिपरिषद
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसका कञ्चनबादे श्रेष्ठलाई आन्तरिक मामिला मन्त्री र सुरेश श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् ।
त्यस्तै कांग्रेसकै विनु रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, प्रभात तामाङलाई आर्थिक मामिला मन्त्री र उर्मिला नेपाललाई सामाजिक विकास मन्त्री बनाएका छन् । कांग्रेसबाट यसअघि नै मन्त्री बनेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन् भने कृष्णकुमार तामाङ खानेपानी मन्त्री छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै शपथ लिनेछन् ।
बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार छ । एमालेबाट भने यसअघि नै ६ जनामन्त्री भइसकेका छन् । जसमा मधुसुदन पौडेल कृषि तथा पशुपन्छीमन्त्री, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधारमन्त्री, विन्दु श्रेष्ठ उद्योग वाणिज्यमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री बनिसकेका छन् । त्यस्तै किरण थापामगर स्वास्थ्यमन्त्री र भरतबहादुर केसी वन तथा वातावरण मन्त्री बनिसकेका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






