ट्रम्प र पुटिनको वार्ता स्थल, जुन १५८ वर्ष अगाडि रूसले अमेरिकालाई बेचेको थियो

युक्रेन युद्धको विषयमा वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाकै अलास्का राज्य रोजे ।
अलास्का यस्तो ठाउँ हो, जुन ठाउँ कुनै समय रुसको नियन्त्रणमा थियो । तर अमेरिकाले ७२ करोड अमेरिकी डलरमा किन्यो ।
अलास्का पृथ्वीको उत्तरी गोलाद्र्ध नजिकै पर्छ । यो ठाउँ उत्तर अमेरिका महादेशकै सबैभन्दा ठूलो प्रायदीप पनि हो ।
१८ औं शताब्दीमा अलास्कामा आदिवासी समुदायको बसोबास थियो । उनीहरु शिकार खेलेर, माछा मारेर र खेतीपाती गरेर जीविका चलाइरहेका थिए ।
सन् १७४१ मा एक रुसी व्यापारीले व्यापारकै सिलसिलामा अलास्का पत्ता लगाएका थिए । चिसो ठाउँ, बरफ जमिरहने र पहाडै पहाड भएको ठाउँलाई रुसले तत्कालै आफ्नो सम्पत्ति घोषणा गर्यो ।
तर रुसको राजधानी मस्कोदेखि हजारौं किलोमिटर टाढाको यो ठाउँलाई नियन्त्रणमा लिइराख्न रुसलाई सजिलो थिएन ।
त्यसमाथि सन् १८५३ देखि १८५६ सम्म रुस र क्राइमियाबीच युद्ध भयो । यो युद्धले रुसको आर्थिक स्थिति कमजोर भयो, सेना पनि कमजोर भयो ।
त्यही बेला अलास्कामा बेलायतले पनि आँखा लगाइरहेको थियो । बेलायतले क्यानडामा उपनिवेश चलाइरहेको थियो ।
आफू कमजोर भएको बेला पारेर बेलायतले अलास्का कब्जा गर्न सक्ने ठानेर रुसले बेच्ने निर्णय गर्यो ।
यो ठाउँ किन्न बेलायत पनि तयार थियो । तर आफ्नो सत्रु देशलाई बेच्दा ऊ नै बलियो हुने ठानेर रुसले आफ्नो सम्भावित मित्र शक्ति अमेरिकालाई बेच्ने प्रस्ताव गर्यो । रुसले सन् १८५९ सालमा औपचारिक रुपमा अमेरिकालाई अलास्का किन्न प्रस्ताव गरेको थियो ।
अमेरिकाले त्यतिबेला आफ्नो सीमा बढाउन चाहिरहेको थियो । तर गृहयुद्धबाट भर्खरै बाहिर निस्केकाले आर्थिक अवस्था बलियो थिएन ।
अलास्काको विषयमा निर्णय गर्ने अधिकार तत्कालिन विदेशमन्त्री विलियम सेवार्डले पाए । उनले अलास्का लिने निर्णय गरे ।
तत्कालिन रुसी राजदूत र अमेरिकी विदेशमन्त्री सेवार्डबीचको घण्टौं लामो वार्तापछि सन् १८६७ मार्च ३० को मध्यरातमा अलास्का अमेरिकाले किन्ने निर्णय भयो ।
यसरी रुसले ६५ वर्षसम्म शासन गरेको अलास्का अमेरिकालार्ई बेच्यो । यसको मूल्य ७२ करोड अमेरिकी डलर तोकिएको थियो ।
अलास्का लिने निर्णय भएपछि अमेरिकामा विदेशमन्त्री सेवार्डको निकै आलोचना भयो । चिसो र हिउँ परिरहने जमिन किन किनेको भनेर विरोध भयो । आलोचकहरुले सेवार्डको मुर्खता भनेर व्याख्या गरे ।
तर अप्रिल महिनाको ९ तारेखमा अमेरिकाको सिनेटले यो सम्झौतालाई स्वीकृत गर्यो । अनि तत्कालिन राष्ट्रपति एन्ड्र्यु जोनसनले मे २८ तारेखमा त्यसलाई प्रमाणीकरण गरे । त्यसपछि १८ अक्टोबर १८६७ मा अलास्का आधिकारिक रुपमा अमेरिकालाई हस्तान्तरण भयो ।
यसरी रुसी नियनत्रणमा रहेको करिब १५ करोड वर्ग किलोमिटर भूमि अमेरिकाको भागमा परेको थियो ।
अमेरिकाले सन् १९५९ जनवरी ३ तारेखमा मात्र अलास्कालाई छुट्टै राज्यको रुपमा मान्यता दियो ।
अलास्काको जनसंख्या करिब साढे ७ लाख छ ।
अलास्काको आम्दानीको मुख्य स्रोत तेल र ग्यास हो, त्यसबाहेक पर्यटन, माछा र खानीहरु पनि अलास्काको आम्दानीको स्रोत हो । अमेरिकाका ४९ वटा राज्यमध्ये अलास्का आर्थिक रुपमा २२ औं धनी राज्य पर्छ ।
हिजोआज अलास्का निकै सस्तो मूल्यमा किनबेच भएको भन्दै रुसमा प्रश्न उठ्ने गरेको छ । कतिपयले भने त्यो किनबेचको वैधतामाथि प्रश्न उठाएका छन् ।
रुसमा त्यतिबेलाको किनबेच वैध नभएको भन्दै अहिले अमेरिकाले अलास्का फिर्ता गर्ने आवाजहरु पनि उठेको छ ।
अलास्का अमेरिकाको मेनल्याण्डदेखि उत्तर पश्चिम क्षेत्रमा पर्छ । यहाँबाट अमेरिकाको मेनल्याण्ड भन्दा रुस नजिक पर्छ । अलास्का र रुसलाई प्रशान्त महासागर र सुमेरु महासागरबीचको एउटा ४ किलोमिटर फराकिलो घाँटीले छुट्याउँछ ।
शीतयुद्धका बेला अलास्काले रुस र अमेरिकाबीच डिफेन्स लाइनको भूमिका खेलेको थियो ।
अहिले ट्रम्प र पुटिनको भेट यहाँ भइरहेको छ । दुबैले भेट गरेको ठाउँ अलास्काको एलमेन्ड्रोर्फ रिचार्डसन नामको सैन्य क्याम्प हो ।
६४ हजार एकर्डमा फैलिएको यो सैन्य क्याम्प अलास्काको सबैभन्दा ठूलो सैन्य क्याम्प हो । यो हवाइ सैनिकहरुको क्याम्प हो ।
यो सैनिक क्याम्प अमेरिकाका डरलाग्दो फाइटर जेट राखिने र भरपर्दो सुरक्षा र गोपनीयताका लागि पनि परिचित छ ।
उनीहरुले वार्ताका लागि यो ठाउँ छान्नुको कारण दुई देशको सम्बन्ध जोडिएको ठाउँ भएकाले मात्र होइन ।
सन् २०२२ देखि सुरु भएको रुस युक्रेन युद्धमा सर्वसाधारणको ज्यान लिएको आरोपमा पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा छ ।
उनीविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधमा पक्राउ आदेश जारी गरेको छ ।
यही कारणले अरु कुनै देशले ट्रम्प र पुटिनबीचको वार्ता आफ्नो भूमिमा गराउन चाहेनन् ।
पुटिनका लागि सुरक्षित ठाउँ खोज्दा अलास्का भेटिएको हो । ठाउँमा त सहमति भयो, तर ट्रम्प र पुटिनबीचको वार्ताले समस्याको समाधान गर्छ भन्नेमा पनि कतिपयले शंका गरेका छन् ।
किनकी रुसले युद्ध युक्रेनसँग लडिरहेको छ र वार्ता भने युक्रेनको उपस्थिति बिनै अमेरिकासँग गरिएको छ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)