गौर घटनाको अनुसन्धान गर्न सर्वोच्चको आदेश, उपेन्द्र यादव अनुसन्धानको घेरामा
सर्वोच्च अदालतले २०६३ सालमा रौतहटमा २९ जनाको मृत्यु हुने गरी भएको एक घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।
तत्कालिन नेकपा माओवादी र मधेशी जनाधिकार फोरमका कार्यकर्ताबीच झडपका कारण भएको उक्त घटना गौर हत्याकाण्डको नामले चिनिन्छ ।
राजनीतिको आडमा १९ वर्षदेखि अनुसन्धान नभई बसेको उक्त घटनाको अनुसन्धान गर्न सोमबार सर्वोच्च अदालतले परमादेश दिएको हो ।
गौर घटनाका पीडितहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटसहितका विपक्षीलाई घटनाको अनुसन्धान गर्न आदेश दिएको हो ।
यो घटनामा तत्कालिन मधेशी जनाधिकार फोरम (हालको जनता समाजवादी पार्टी नेपाल) का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनाविरुद्ध जाहेरी परेको छ । सर्वोच्चको यो आदेशको अर्थ अब २९ जनाको हत्या भएको उक्त घटनामा यादव पनि अनुसन्धानको दायरामा आएका छन् ।
२०६३ चैत ७ गते फोरम र माओवादी कार्यकर्ताले एकै स्थानमा कार्यक्रम राखेपछि झडप भएको थियो । झडपमा मारिनेमध्ये धेरैजसो माओवादी कार्यकर्ता थिए ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



