गौर घटनाको अनुसन्धान गर्न सर्वोच्चको आदेश, उपेन्द्र यादव अनुसन्धानको घेरामा

सर्वोच्च अदालतले २०६३ सालमा रौतहटमा २९ जनाको मृत्यु हुने गरी भएको एक घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।
तत्कालिन नेकपा माओवादी र मधेशी जनाधिकार फोरमका कार्यकर्ताबीच झडपका कारण भएको उक्त घटना गौर हत्याकाण्डको नामले चिनिन्छ ।
राजनीतिको आडमा १९ वर्षदेखि अनुसन्धान नभई बसेको उक्त घटनाको अनुसन्धान गर्न सोमबार सर्वोच्च अदालतले परमादेश दिएको हो ।
गौर घटनाका पीडितहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटसहितका विपक्षीलाई घटनाको अनुसन्धान गर्न आदेश दिएको हो ।
यो घटनामा तत्कालिन मधेशी जनाधिकार फोरम (हालको जनता समाजवादी पार्टी नेपाल) का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनाविरुद्ध जाहेरी परेको छ । सर्वोच्चको यो आदेशको अर्थ अब २९ जनाको हत्या भएको उक्त घटनामा यादव पनि अनुसन्धानको दायरामा आएका छन् ।
२०६३ चैत ७ गते फोरम र माओवादी कार्यकर्ताले एकै स्थानमा कार्यक्रम राखेपछि झडप भएको थियो । झडपमा मारिनेमध्ये धेरैजसो माओवादी कार्यकर्ता थिए ।

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
