रास्वपाको आक्रोश : पटक पटक उपसभामुखको तेजोबध नगर्नुस्
राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले पटक पटक उपसभामुखको तेजोबध गरेको भन्दै विरोध जनाएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेले सांसदहरुको विवेकलाई समेत बन्धक बनाएर हस्ताक्षर संकलन गरेको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद निर्वाचित उपसभामुख इन्दिरा रानामगरले पद अनुकुलको आचरण नगरेको भन्दै कांग्रेस र एमालेले हटाउने तयारी गरेका छन् । त्यसका लागि मंगलबारदेखि सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ ।
अमेरिकामा हुने एक कार्यक्रममा जाने केही व्यक्तिहरुको भिसा सहजीकरण गरिदिन भन्दै उपसभामुख रानाले गत वर्ष अमेरिकी दूतावासलाई एक पत्र लेखेको सार्वजनिक भएको थियो ।
उपसभामुखले मानिसहरुलाई अवैध रुपमा विदेश पठाउन सहयोग गरेको भन्दै गत वर्ष कांग्रेस र एमाले सांसदहरुले विरोध जनाएका थिए । अहिले एक वर्षपछि त्यही विषय उठाएर उपसभामुख हटाउन खोजेपछि रास्वपा विरोधमा उत्रिएको हो ।
‘सार्वभौम संसदको तेजोवध गर्ने र उपसभामुख जस्तो पदको अवमूल्यन गर्ने र सधैं लखेटिरहने कांग्रेस र एमाले गम्भीर भइदिनुस् यो देश आउने पुस्तालाई पनि चाहिन्छ, यो लोकतन्त्र र यो व्यवस्था आउने पुस्तालाई चाहिन्छ, आफ्नो स्वार्थका लागि यो व्यवस्थामाथि आक्रमण नगर्नुस्’ सांसद परियारले भने ।
उनले पछिल्ला दिनमा बालुवाटार, बुढानीलकण्ठ र सिंहदरबारका बैठकमा उपसभामुखमाथि लगातार आक्रमण भएको भन्दै विरोध जनाए ।
हरेक सांसदहरु आफैंमा सार्वभौम हो भन्दै उनले सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुन बेला चाहियो त्यही बेला राजनीतिक स्वार्थ पूर्ति नगर्न कांग्रेस र एमालेलाई आग्रह गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको र यो लोकतन्त्रकै लागि खतरा भएको बताए । ‘हामीलाई कमजोर बनाउन खोजिएला तर कुनै पनि नयाँहरुलाई निषेध गर्न सकिँदैन’, उनले भने ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






