रास्वपाको आक्रोश : पटक पटक उपसभामुखको तेजोबध नगर्नुस्
राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले पटक पटक उपसभामुखको तेजोबध गरेको भन्दै विरोध जनाएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेले सांसदहरुको विवेकलाई समेत बन्धक बनाएर हस्ताक्षर संकलन गरेको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद निर्वाचित उपसभामुख इन्दिरा रानामगरले पद अनुकुलको आचरण नगरेको भन्दै कांग्रेस र एमालेले हटाउने तयारी गरेका छन् । त्यसका लागि मंगलबारदेखि सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ ।
अमेरिकामा हुने एक कार्यक्रममा जाने केही व्यक्तिहरुको भिसा सहजीकरण गरिदिन भन्दै उपसभामुख रानाले गत वर्ष अमेरिकी दूतावासलाई एक पत्र लेखेको सार्वजनिक भएको थियो ।
उपसभामुखले मानिसहरुलाई अवैध रुपमा विदेश पठाउन सहयोग गरेको भन्दै गत वर्ष कांग्रेस र एमाले सांसदहरुले विरोध जनाएका थिए । अहिले एक वर्षपछि त्यही विषय उठाएर उपसभामुख हटाउन खोजेपछि रास्वपा विरोधमा उत्रिएको हो ।
‘सार्वभौम संसदको तेजोवध गर्ने र उपसभामुख जस्तो पदको अवमूल्यन गर्ने र सधैं लखेटिरहने कांग्रेस र एमाले गम्भीर भइदिनुस् यो देश आउने पुस्तालाई पनि चाहिन्छ, यो लोकतन्त्र र यो व्यवस्था आउने पुस्तालाई चाहिन्छ, आफ्नो स्वार्थका लागि यो व्यवस्थामाथि आक्रमण नगर्नुस्’ सांसद परियारले भने ।
उनले पछिल्ला दिनमा बालुवाटार, बुढानीलकण्ठ र सिंहदरबारका बैठकमा उपसभामुखमाथि लगातार आक्रमण भएको भन्दै विरोध जनाए ।
हरेक सांसदहरु आफैंमा सार्वभौम हो भन्दै उनले सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुन बेला चाहियो त्यही बेला राजनीतिक स्वार्थ पूर्ति नगर्न कांग्रेस र एमालेलाई आग्रह गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको र यो लोकतन्त्रकै लागि खतरा भएको बताए । ‘हामीलाई कमजोर बनाउन खोजिएला तर कुनै पनि नयाँहरुलाई निषेध गर्न सकिँदैन’, उनले भने ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



