पहाडै काटेर चीनले बनायो अद्भुत सडक
चीनको दक्षिण पश्चिमी प्रान्त गुइझाउको ९२ प्रतिशत भूभाग पहाड र हिमालले ढाकेको छ । भिराला पहाडहरुले लामो समयदेखि यहाँको गाउँहरुलाई शहरसँग टाढा बनाएको थियो ।
प्रदेशको आर्थिक वृद्धि सुस्त थियो । तर चीनले यो प्राप्तलाई जोड्ने एउटा अद्भुत राजमार्ग बनाएको छ ।
त्यसक्रममा पहाडलाई चिरेर सडक बनाइएको छ, लामो र अग्लो पुल बनाइएको छ ।
यो सडकको नाम हो, लिउजी एनलोङ एक्सप्रेस वे । यो राजमार्गले गुइझाउ प्रदेशको दक्षिणी क्षेत्रको लिउझी सिटी, ग्वानलिङ काउन्टी, जेनफेङ काउन्टी र एनलङ काउन्टीलाई आपसमा जोड्नेछ । यो राजमार्गले यात्रा समय घटाउनेछ, व्यापार र पर्यटनमा नयाँ अवसरहरु सिर्जना गर्नेछ ।
गुइझाउ प्रान्तमा अग्ला पहाडहरु सडक निर्माणका चुनौती थिए । यस्ता ठाउँमा सडक बनाउँदा या त घुमाउरो बनाउनुपर्छ या सुरुङ खुन्नुपर्ने हुन्छ ।
चीनले अरु प्रान्तहरुमा दुबै अभ्यास गरेको छ ।
तर गुइझाउमा भने इन्जिनियरहरुले अनसुङ शहर नजिकै पहाडलाई नै गहिरो बनाएर काट्ने निर्णय लिए ।
पहाड काटेर सडक बनाइनुलाई क्र्याक अफ द अर्थ भनिएको छ । यो काम चीनको सिभिल इन्जिनियरिङमा असाधारण मानिन्छ ।
इन्जिनियरहरुले विस्फोटक पदार्थ र ठूला ड्रिलिङ मेसिन प्रयोग गरेर भी सेपमा पहाड चिरेका छन् । अनि पहाडको फेदीमा सडक बनाएका छन् ।
अहिले हेर्दा निकै महमोहक देखिएको यो सडक पहाडहरुको बीचमा गहिरो उपत्यकाजस्तो देखिन्छ ।
वातावरण संरक्षण अभियन्ताहरुले भने यसले धेरै वातावरणीय समस्याहरु निम्त्याउने चेतावनी दिएका छन् । माटो बगिरहने र वन्यजन्तुको बासस्थानमा पनि क्षति पुर्याउने उनीहरुको चिन्ता छ ।
लिउझी एनलोङ एक्सप्रेस वे १५२ किलोमिटर लामो छ । राजमार्ग निर्माणको लागत २४ अर्ब युआन छ ।
सन् २०२२ को जनवरीमा निर्माण सुरु भएको यो राजमार्ग सन् २०२५ को जुन महिनामा सक्ने तयारी थियो । यद्यपि हालसम्म पनि सञ्चालनमा आएको छैन ।
यो राजमार्गको मुख्य आकर्षण पहाड काटेर बनाएको सडकभन्दा पनि हुवाजिङ ग्राण्ड क्यानन ब्रिज हो । विश्वकै अग्लो यो पुल बेइपाङजियाङ नदीको सतहदेखि ६२५ मिटर उचाइमा छ । नदीको दुई किनारमा पिलर राखिएको यो पुल झोलुङ्गे पुल हो भन्दा हुन्छ । यसको बीचमा कुनै पिलरहरु राखिएको छैन ।
पुलको उचाइ चीनको अग्लो सांघाइ टावरको झण्डै २ गुणा अग्लो छ । सांघाइ टावर जम्मा ३३० मिटर अग्लो छ । पुलको लम्बाइ भने १ हजार ४२० मिटर छ ।
यो पुलले पनि लिउजी एनलोङ एक्सप्रेस वे विशेष बनेको छ । यो पुल स्टिल ट्रस सस्पेन्सन डिजाइनमा बनेको छ । यो पुलमा २२ हजार टन स्टिल प्रयोग भएको छ । जुन आइफेल टावरमा प्रयोग भएको भन्दा तीन गुणा बढी हो ।
यो पुलका लागि ट्रसहरु जम्मा २ महिनामा जोडेर सकिएको थियो । यो पुलबाट चीनको इन्जिनियरिङको तिब्रता र भव्यता देख्न सकिन्छ ।
यो राजमार्ग बनेपछि चीनको लिउझी र एनलङ शहरबीचको यात्रा समय ३ घण्टाबाट डेढ घण्टामा झर्नेछ ।
यो राजमार्ग चीनकै लागि सुपर प्रोजेक्ट मानिन्छ । किनकी गुइझाउ प्रदेशका काउन्टीहरु जोड्ने राजमार्ग भएपनि यसले धेरै पर्यटकलाई आकर्षित गर्नेछ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?
