पहाडै काटेर चीनले बनायो अद्भुत सडक
चीनको दक्षिण पश्चिमी प्रान्त गुइझाउको ९२ प्रतिशत भूभाग पहाड र हिमालले ढाकेको छ । भिराला पहाडहरुले लामो समयदेखि यहाँको गाउँहरुलाई शहरसँग टाढा बनाएको थियो ।
प्रदेशको आर्थिक वृद्धि सुस्त थियो । तर चीनले यो प्राप्तलाई जोड्ने एउटा अद्भुत राजमार्ग बनाएको छ ।
त्यसक्रममा पहाडलाई चिरेर सडक बनाइएको छ, लामो र अग्लो पुल बनाइएको छ ।
यो सडकको नाम हो, लिउजी एनलोङ एक्सप्रेस वे । यो राजमार्गले गुइझाउ प्रदेशको दक्षिणी क्षेत्रको लिउझी सिटी, ग्वानलिङ काउन्टी, जेनफेङ काउन्टी र एनलङ काउन्टीलाई आपसमा जोड्नेछ । यो राजमार्गले यात्रा समय घटाउनेछ, व्यापार र पर्यटनमा नयाँ अवसरहरु सिर्जना गर्नेछ ।
गुइझाउ प्रान्तमा अग्ला पहाडहरु सडक निर्माणका चुनौती थिए । यस्ता ठाउँमा सडक बनाउँदा या त घुमाउरो बनाउनुपर्छ या सुरुङ खुन्नुपर्ने हुन्छ ।
चीनले अरु प्रान्तहरुमा दुबै अभ्यास गरेको छ ।
तर गुइझाउमा भने इन्जिनियरहरुले अनसुङ शहर नजिकै पहाडलाई नै गहिरो बनाएर काट्ने निर्णय लिए ।
पहाड काटेर सडक बनाइनुलाई क्र्याक अफ द अर्थ भनिएको छ । यो काम चीनको सिभिल इन्जिनियरिङमा असाधारण मानिन्छ ।
इन्जिनियरहरुले विस्फोटक पदार्थ र ठूला ड्रिलिङ मेसिन प्रयोग गरेर भी सेपमा पहाड चिरेका छन् । अनि पहाडको फेदीमा सडक बनाएका छन् ।
अहिले हेर्दा निकै महमोहक देखिएको यो सडक पहाडहरुको बीचमा गहिरो उपत्यकाजस्तो देखिन्छ ।
वातावरण संरक्षण अभियन्ताहरुले भने यसले धेरै वातावरणीय समस्याहरु निम्त्याउने चेतावनी दिएका छन् । माटो बगिरहने र वन्यजन्तुको बासस्थानमा पनि क्षति पुर्याउने उनीहरुको चिन्ता छ ।
लिउझी एनलोङ एक्सप्रेस वे १५२ किलोमिटर लामो छ । राजमार्ग निर्माणको लागत २४ अर्ब युआन छ ।
सन् २०२२ को जनवरीमा निर्माण सुरु भएको यो राजमार्ग सन् २०२५ को जुन महिनामा सक्ने तयारी थियो । यद्यपि हालसम्म पनि सञ्चालनमा आएको छैन ।
यो राजमार्गको मुख्य आकर्षण पहाड काटेर बनाएको सडकभन्दा पनि हुवाजिङ ग्राण्ड क्यानन ब्रिज हो । विश्वकै अग्लो यो पुल बेइपाङजियाङ नदीको सतहदेखि ६२५ मिटर उचाइमा छ । नदीको दुई किनारमा पिलर राखिएको यो पुल झोलुङ्गे पुल हो भन्दा हुन्छ । यसको बीचमा कुनै पिलरहरु राखिएको छैन ।
पुलको उचाइ चीनको अग्लो सांघाइ टावरको झण्डै २ गुणा अग्लो छ । सांघाइ टावर जम्मा ३३० मिटर अग्लो छ । पुलको लम्बाइ भने १ हजार ४२० मिटर छ ।
यो पुलले पनि लिउजी एनलोङ एक्सप्रेस वे विशेष बनेको छ । यो पुल स्टिल ट्रस सस्पेन्सन डिजाइनमा बनेको छ । यो पुलमा २२ हजार टन स्टिल प्रयोग भएको छ । जुन आइफेल टावरमा प्रयोग भएको भन्दा तीन गुणा बढी हो ।
यो पुलका लागि ट्रसहरु जम्मा २ महिनामा जोडेर सकिएको थियो । यो पुलबाट चीनको इन्जिनियरिङको तिब्रता र भव्यता देख्न सकिन्छ ।
यो राजमार्ग बनेपछि चीनको लिउझी र एनलङ शहरबीचको यात्रा समय ३ घण्टाबाट डेढ घण्टामा झर्नेछ ।
यो राजमार्ग चीनकै लागि सुपर प्रोजेक्ट मानिन्छ । किनकी गुइझाउ प्रदेशका काउन्टीहरु जोड्ने राजमार्ग भएपनि यसले धेरै पर्यटकलाई आकर्षित गर्नेछ ।
ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य
५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?
इमरानलाई महंगो पर्यो सेनासँगको लडाईं, मुनिरले लिइरहेका छन् बदला









