सुनुवाइ समिति छाडेर राज्य व्यवस्थाको सभापति बनिन् न्यौपाने
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध भएकी छन् । मंगलबार भएको निर्वाचन प्रक्रियामा सभापतिमा उनको मात्र उम्मेदवारी परेको छ । अब उनी निर्वाचित भएको घोषणा भने बुधबार हुनेछ ।
राज्य व्यवस्था समितिका यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि उनकै पार्टी नेपाली कांग्रेसबाट अर्की सांसद न्यौपाने सभापति चयन हुन लागेकी हुन् ।
राज्य व्यवस्था समितिको सभापति हुन न्यौपानेले मंगलबार नै संसदीय सुनुवाइ विशेष समितिबाट राजीनामा दिएकी थिइन् ।
राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा निजामती सेवाका कर्मचारीले अवकाश भएको २ वर्षसम्म अर्को नियुक्ति लिन नपाउने व्यवस्था राख्ने सहमति गरेको थियो । जसलाई कुलिङ पिरियड भनेर चिनिन्छ । तर प्रतिनिधिसभाबाट पारित हुँदा मुख्य सचिव, सचिव र सहसचिवलाई कुलिङ पिरियड नलाग्ने व्यहोरा पारित भएको थियो ।
त्यसपछि गठित छानबिन समितिले सभापतिको हैसियतमा खतिवडाको पनि कमजोरी भएको औंल्याएपछि उनले राजीनामा दिएका थिए ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






