आफ्नै सरकार भएपछि केही घण्टामै छुटे ऐन महर
११ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर बुधबार पक्राउ गरे । तर केही घण्टामै छुट्न सफल भए ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या र गालीगलौच गरेको भन्दै महरविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरीका परेको थियो । त्यही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले पक्राउ पूर्जीका लागि सोमबार अनुमति माग्यो ।
अदालतले पक्राउ पूर्जी जारी गर्यो । बुधबार महर आफैं साइबर ब्यूरोको कार्यालय गए । उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । त्यसका लागि अदालत पेश गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगियो ।
किनकी संगठित अपराधमा ६० दिन र अरुमा २३ दिनसम्म अनुसन्धानका लागि हिरासतमा राख्न पाउनु कानुनी व्यवस्था छ ।
तर जिल्ला सरकारी वकिल कार्यालयले महरलाई म्याद थपका लागि अदालत पेश गरेन । उनको बयान लियो, केहीबेरमै उनको बयान सकियो । अनि, सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गर्यो ।
हिरासतमा राख्नुपर्ने आधार नदेखिए अनुसन्धान अधिकारीको सिफारिसमा सरकारी वकिलको कार्यालयले पनि हाजिर जमानीमा छाड्नसक्छ । महरको हकमा यसो गर्नुको पछाडि सत्ता दाहिना हुनु नै हो भन्न सकिन्छ ।
किनकी उनी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका व्यक्ति हुन् ।
महर र पीडित भनिएकी युवतीको विवाद पुरानै हो । युवतीले महरमाथि बलात्कारको आरोप लगाएकी छन् । उच्च अदालतले समेत महरमाथि छानबिन गर्न आदेश दियो, तर प्रहरीले अनुसन्धान गरेको छैन ।
बरु आफ्नो चरित्र हत्या गरेको भन्दै महरले युवतीविरुद्ध उजुरी दिए । त्यसका आधारमा उनी पक्राउ समेत गरिन् ।
अहिले पीडित युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै महरविरुद्ध जाहेरी दिन खोजिन्, तर प्रहरीले दर्ता गर्नै मानेन । उनले हुलाकमार्फत जहेरी दिएपछि महर प्रहरी कार्यालयगए, तर केही घण्टामै छुटेका छन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






