आफ्नै सरकार भएपछि केही घण्टामै छुटे ऐन महर
११ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर बुधबार पक्राउ गरे । तर केही घण्टामै छुट्न सफल भए ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या र गालीगलौच गरेको भन्दै महरविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरीका परेको थियो । त्यही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले पक्राउ पूर्जीका लागि सोमबार अनुमति माग्यो ।
अदालतले पक्राउ पूर्जी जारी गर्यो । बुधबार महर आफैं साइबर ब्यूरोको कार्यालय गए । उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । त्यसका लागि अदालत पेश गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगियो ।
किनकी संगठित अपराधमा ६० दिन र अरुमा २३ दिनसम्म अनुसन्धानका लागि हिरासतमा राख्न पाउनु कानुनी व्यवस्था छ ।
तर जिल्ला सरकारी वकिल कार्यालयले महरलाई म्याद थपका लागि अदालत पेश गरेन । उनको बयान लियो, केहीबेरमै उनको बयान सकियो । अनि, सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गर्यो ।
हिरासतमा राख्नुपर्ने आधार नदेखिए अनुसन्धान अधिकारीको सिफारिसमा सरकारी वकिलको कार्यालयले पनि हाजिर जमानीमा छाड्नसक्छ । महरको हकमा यसो गर्नुको पछाडि सत्ता दाहिना हुनु नै हो भन्न सकिन्छ ।
किनकी उनी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका व्यक्ति हुन् ।
महर र पीडित भनिएकी युवतीको विवाद पुरानै हो । युवतीले महरमाथि बलात्कारको आरोप लगाएकी छन् । उच्च अदालतले समेत महरमाथि छानबिन गर्न आदेश दियो, तर प्रहरीले अनुसन्धान गरेको छैन ।
बरु आफ्नो चरित्र हत्या गरेको भन्दै महरले युवतीविरुद्ध उजुरी दिए । त्यसका आधारमा उनी पक्राउ समेत गरिन् ।
अहिले पीडित युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै महरविरुद्ध जाहेरी दिन खोजिन्, तर प्रहरीले दर्ता गर्नै मानेन । उनले हुलाकमार्फत जहेरी दिएपछि महर प्रहरी कार्यालयगए, तर केही घण्टामै छुटेका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



