3 Minute
कैलालीको गोदावरीमा पौडी खेल्दा डुबेर ४ किशोरको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया खोलामा पौडी खेल्ने क्रममा ४ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो पौडी खेल्ने क्रममा कैलालीकै धनगढी उपमहानगरपालिका–५ तारानगरका १७ बर्षका सक्षम जोशी, हसनपुरका १७ बर्षका प्रतीक चौधरी, धनगढी-४ उत्तरबेहडीका १७ बर्षका जाबेज भण्डारी र १५ बर्षका जेब भण्डारी बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट पाँच जना गोताखोर, नं. ४३ रिजर्भ गण वनबेहडा कैलालीबाट विपद् व्यवस्थापन तथा नेपाल प्रहरीको संयुक्त टोली खोजतलासको लागि परिचालन भएको थियो ।
करीब २ घण्टापछि चारै जनाको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति:
बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने
बिहीबार, असोज २, २०८२

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द
बिहीबार, असोज २, २०८२

मैले क्रिकेटबाट के सिकेँ भने ...
बुधबार, असोज १, २०८२

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ
बुधबार, असोज १, २०८२

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
बुधबार, असोज १, २०८२

बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा
बुधबार, असोज १, २०८२
ट्रेन्डिङ