वीरगञ्जको हैजा नियन्त्रण गर्न सेना र प्रहरीका डाक्टर पनि खटाइने
सरकारले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बललाई पनि खटाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पर्साको हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयसँगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीक डाक्टर र स्वास्थ्य उपकरणहरु पनि परिचालन गर्ने निर्णय गरेको हो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले हैजा नियन्त्रणका लागि सबै उपाय अपनाउने बताए ।
पर्सामा शुक्रबारसम्म ६२४ जनामा हैजा पुष्टि भएको छ । तीमध्ये ४३७ जना निको भएका छन् भने १८७ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा ८४ जनामा हैजा पुष्टि भएको छ । हैजाका कारण ३ जनाको मृत्यु भइसकेको छ ।
प्रधानमन्त्री ओलीले हैजाको स्रोत के हो भन्ने पुष्टि नभएको बताए । कुनै ढलबाट वा खानेपानीबाट फैलिएको हो भन्ने खोजी भइरहेको बताए ।
हाल बिरामीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । अब कोरोना महामारीका बेला नेपाली सेनाले बनाएको अस्पताल पनि प्रयोग गर्ने प्रधानमन्त्री ओलीले बताए ।
उनले हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने सबै उपाय अपनाउने बताए ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






