वीरगञ्जको हैजा नियन्त्रण गर्न सेना र प्रहरीका डाक्टर पनि खटाइने
सरकारले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बललाई पनि खटाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पर्साको हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयसँगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीक डाक्टर र स्वास्थ्य उपकरणहरु पनि परिचालन गर्ने निर्णय गरेको हो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले हैजा नियन्त्रणका लागि सबै उपाय अपनाउने बताए ।
पर्सामा शुक्रबारसम्म ६२४ जनामा हैजा पुष्टि भएको छ । तीमध्ये ४३७ जना निको भएका छन् भने १८७ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा ८४ जनामा हैजा पुष्टि भएको छ । हैजाका कारण ३ जनाको मृत्यु भइसकेको छ ।
प्रधानमन्त्री ओलीले हैजाको स्रोत के हो भन्ने पुष्टि नभएको बताए । कुनै ढलबाट वा खानेपानीबाट फैलिएको हो भन्ने खोजी भइरहेको बताए ।
हाल बिरामीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । अब कोरोना महामारीका बेला नेपाली सेनाले बनाएको अस्पताल पनि प्रयोग गर्ने प्रधानमन्त्री ओलीले बताए ।
उनले हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने सबै उपाय अपनाउने बताए ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



