दीपक मनाङेको क्षेत्रमा उपनिर्वाचन कात्तिक १७ गते
निर्वाचन आयोगले मनाङको प्रदेशसभा (ख) मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले रुपन्देही–३ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुने दिन नै मनाङ (ख) मा पनि उपनिर्वाचन हुने दिन तोकेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
यो क्षेत्रबाट २०७९ साल मंसिरमा भएको प्रदेशसभा चुनावमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए । तर फौजदारी मुद्दामा दोषी ठहर भएर उनी जेल परेपछि सर्वोच्च अदालतले उक्त क्षेत्र रिक्त रहेको फैसला सुनाएको थियो ।
आयोगले रुपन्देही–३ मा उपनिर्वाचनको मिति गत असार १६ गते नै तोकेको थियो । रुपन्देहीको उपनिर्वाचनका लागि दल दर्ता समेत भइसकेको छ ।
अब आयोगले मनाङ (ख) का लागि छिट्टै दल दर्ताको सूचना आह्वान गर्नेछ । त्यसपछिको कार्यतालिका भने रुपन्देही–३ को उपनिर्वाचनसँग एउटै हुने गरी तयार गरिने प्रवक्ता भट्टराईले जानकारी दिए ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



