अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते
अफगानिस्तानमा भूकम्पका कारण ८०० भन्दा धेरैको मृत्यु भएको छ, २ हजार ८०० भन्दा धेरै घाइते भएका छन् ।
तालिबान सरकारले मानवीय संकट घोषणा गर्दै सहयोगका लागि आह्वान गरेको छ । आइतबार राति ११ बजेर ४७ मिनेटमा अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने कुनार र नानगहार राज्य आसपास केन्द्र भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परेर कुनार र नानगहार राज्यमा गरी ८१२ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले जानकारी दिएका छन् ।
तर भूकम्पको इपिसेन्टर जमिनको सतह नजिकै रहेकाले यो भूकम्पले धेरै क्षति गरेको छ ।
पहिलो भूकम्प गएको २० मिनेटमा ४.५ म्याग्निच्युडको अर्को परकम्प पनि गएको थियो । त्यसपछि पनि लगातार परकम्प गइरह्यो । त्यसमा अलि ठूला थिए, ४.३ र ५.२ म्याग्निच्युडका थिए ।
भूकम्पको इपिसेन्टर कुनार प्रदेशको जाललवाद राजधानी काबुलबाट १५० किलोमिटर टाढा पर्छ । जलालबाद अफगानिस्तानको प्रमुख ब्यापारिक नाका हो । यो पाकिस्तानको सीमा नजिक पर्छ । जलालबादमा करिब ३ लाख जनसंख्या छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जामनका अनुसार उद्दारकार्य जारी छ, तर धेरै गाउँहरु पुरै सखाप भएका छन् । उद्दारकर्तालाई घटना स्थलमा पुग्न कठिन भएको छ ।
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

