रसुवामा मोटरसाइकल सहित हराएका दुई युवकको शव भेटियो
                                                                    
                                
                            रसुवामा भदौ १५ गते मोटरसाइकलसहित हराइरहेका दुई युवकको शव भेटिएको छ । मंगलबार बिहान गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल र उनीहरुको शव भेटिएको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार एकजनाको शव खोजीमा खटिएको सुरक्षाकर्मी टोलीले फेला पारेको छ भने अर्को शव गाउँलेले खोलामा भेटेका छन् । शव अप्ठेरो ठाउँमा भएकाले डोरीको सहायताले निकाल्ने काम भइरहेको छ ।
गोसाइकुण्ड गाउँपालिका-६ ठाडेका २४ वर्षका सुदीप घले र २३ वर्षका दावा डेण्डुप तामाङ एएए-३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए । तर दुई दिनसम्म सम्पर्कमा नआएपछि भदौ १७ गते आफन्तले खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
त्यसपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा खोजी अघि बढाएको थियो । त्यस क्रममा नेपाली सेनाको श्रीनाथ गणको धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सिसिटिभी फुटेजमा भदौ १५ गते राति करीब १० बजे एउटा मोटरसाइकल धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको थियो ।
सीसीटीभी फुटेजकै आधारमा उनीहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो । सशस्त्र प्रहरी बल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली भदौ १७ गते विहान परिचालन भएको थियो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडक बाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको देखिएको छ ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






