रसुवामा मोटरसाइकल सहित हराएका दुई युवकको शव भेटियो
रसुवामा भदौ १५ गते मोटरसाइकलसहित हराइरहेका दुई युवकको शव भेटिएको छ । मंगलबार बिहान गोसाइकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल र उनीहरुको शव भेटिएको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार एकजनाको शव खोजीमा खटिएको सुरक्षाकर्मी टोलीले फेला पारेको छ भने अर्को शव गाउँलेले खोलामा भेटेका छन् । शव अप्ठेरो ठाउँमा भएकाले डोरीको सहायताले निकाल्ने काम भइरहेको छ ।
गोसाइकुण्ड गाउँपालिका-६ ठाडेका २४ वर्षका सुदीप घले र २३ वर्षका दावा डेण्डुप तामाङ एएए-३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए । तर दुई दिनसम्म सम्पर्कमा नआएपछि भदौ १७ गते आफन्तले खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
त्यसपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा खोजी अघि बढाएको थियो । त्यस क्रममा नेपाली सेनाको श्रीनाथ गणको धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सिसिटिभी फुटेजमा भदौ १५ गते राति करीब १० बजे एउटा मोटरसाइकल धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको थियो ।
सीसीटीभी फुटेजकै आधारमा उनीहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो । सशस्त्र प्रहरी बल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली भदौ १७ गते विहान परिचालन भएको थियो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडक बाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको देखिएको छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



