जग्गा कारोबारको लेनदेन नमिलेपछि अपहरण, ३ जना पक्राउ
सोमबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङका राम पण्डित फुटुङ चोकको एक होटलमा चिया खाइरहेका थिए । दिउँसो साढे ३ बजेतिर ३ जना मानिस आएर उनलाई एक्कासी मोटरसाइकलमा राखेर साङ्लातिर लगे ।
पण्डितका परिवारका सदस्यले प्रहरीलाई खबर गरे । साढे चार बजेतिर प्रहरी प्रभाग नेपालटार र प्रहरी वृत्त बालाजुको टोली खोजी कार्यमा खटियो । पण्डितलाई तारकेश्वर नगरपालिका–१ साङ्लास्थित मंगल दासको घरभित्र राखेको अवस्थामा प्रहरीले फेला पार्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मंगल दासको समूहले पण्डितलाई कब्जामा लिएको थियो । मंगल दास र राम पण्डितबीच लेनदेन विवाद थियो ।
उनीहरुले जुटको डोरीले पण्डितको हात बाँधेर मोटरसाइकलमा राखेर साङ्ला पुर्याएका थिए । त्यसपछि कुटपिट गर्नुका साथै मोवाइल समेत कब्जामा लिए । त्यसपछि उनीहरु पण्डितको घरमा गएर उनकी श्रीमतीसँग बैंकको चेक मागेर त्यसमा २ करोड २३ लाख ५० हजार अंक भरेका थिए । तर त्यसमा पण्डितले हस्ताक्षर गरेका थिएनन् ।
प्रहरीका अनुसार पण्डितले जग्गासम्बन्धी कारोबारमा मंगल दासलाई ६३ लाख ५० हजार रुपैयाँ दिनुपर्ने देखिएको थियो ।
त्यसपछि दासले आफ्ना साथीहरुको सहयोगमा पण्डितलाई कब्जामा लिएका थिए । प्रहरीले मंगल दाससँगै अपहरणमा संलग्नको आरोपमा साङ्लाका राज लवट खत्री र फुटुङका सन्तोष महर्जनलाई पक्राउ गरेको छ ।
उनीहरुलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । घटनाको प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






