जग्गा कारोबारको लेनदेन नमिलेपछि अपहरण, ३ जना पक्राउ
                                                                    
                                
                            सोमबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङका राम पण्डित फुटुङ चोकको एक होटलमा चिया खाइरहेका थिए । दिउँसो साढे ३ बजेतिर ३ जना मानिस आएर उनलाई एक्कासी मोटरसाइकलमा राखेर साङ्लातिर लगे ।
पण्डितका परिवारका सदस्यले प्रहरीलाई खबर गरे । साढे चार बजेतिर प्रहरी प्रभाग नेपालटार र प्रहरी वृत्त बालाजुको टोली खोजी कार्यमा खटियो । पण्डितलाई तारकेश्वर नगरपालिका–१ साङ्लास्थित मंगल दासको घरभित्र राखेको अवस्थामा प्रहरीले फेला पार्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मंगल दासको समूहले पण्डितलाई कब्जामा लिएको थियो । मंगल दास र राम पण्डितबीच लेनदेन विवाद थियो ।
उनीहरुले जुटको डोरीले पण्डितको हात बाँधेर मोटरसाइकलमा राखेर साङ्ला पुर्याएका थिए । त्यसपछि कुटपिट गर्नुका साथै मोवाइल समेत कब्जामा लिए । त्यसपछि उनीहरु पण्डितको घरमा गएर उनकी श्रीमतीसँग बैंकको चेक मागेर त्यसमा २ करोड २३ लाख ५० हजार अंक भरेका थिए । तर त्यसमा पण्डितले हस्ताक्षर गरेका थिएनन् ।
प्रहरीका अनुसार पण्डितले जग्गासम्बन्धी कारोबारमा मंगल दासलाई ६३ लाख ५० हजार रुपैयाँ दिनुपर्ने देखिएको थियो ।
त्यसपछि दासले आफ्ना साथीहरुको सहयोगमा पण्डितलाई कब्जामा लिएका थिए । प्रहरीले मंगल दाससँगै अपहरणमा संलग्नको आरोपमा साङ्लाका राज लवट खत्री र फुटुङका सन्तोष महर्जनलाई पक्राउ गरेको छ ।
उनीहरुलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । घटनाको प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






