गहृकार्य नगरेका विद्यार्थीहरुले फैलाए अपहरणको हल्ला
                                                                    
                                
                            १७ भदौ, गुल्मी । मदाने गाउँपालिका–६ पुर्कोट दहमा मंगलबार एकाएक विद्यार्थी अपहरणमा परेको खबर फैलियो ।
पुर्कोट दहको पृथ्वी माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत ८ जना विद्यार्थी समयमा स्कुल आइपुगेका थिएनन् ।
शिक्षकले सोधीखोजी गरे । त्यसक्रममा ७ जना भेटिए कक्षा ७ मा पढ्ने भुवन कुँवर भेटिएनन् । ती ७ जनाले भुवनलाई नचिनेको मान्छेले अपहरण गरेर लगेको सुनाए । त्यो मान्छेले खुकुरी बोकेर आएको नकाबधारी समूह रहेको समेत सुनाए ।
स्कुल नजिकै बजार छ । मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरका अनुसार मंगलबार त्यहाँ गाउँपालिकाको मिटिङ पनि थियो । बच्चा अपहरणमा परेको खबर पुग्यो, सबै जना खोजीमा जुटे । इलाका प्रहरी कार्यालयबाट प्रहरी पनि पुग्यो । करिव आधा घन्टामा भुवन भेटिए ।
मन्दिरमा बसिरहेको उनलाई गाउँलेले फेला पारे । जब प्रहरी र शिक्षकले उनलाई के भएको हो भनेर सोधीखोजी गरे, उनले सबैलाई अश्चर्यमा पारे । उनी त अपहरणमा परेकै होइन रहेछ ।
स्कुल पुग्न ढिला भएको र गृहकार्य पनि नगरेका कारण आफूहरुले बहाना बनाउन मात्र अपहरण भएको झुटो बोलेको खुल्यो । डीएसपी गंगाबहादुर सारुले भने, ‘अरु बच्चाहरुले पनि मलाई त यस्तो भन्यो भनेर नाटक गरेका थिए । तर होइन रहेछ ।’
पृथ्वी माविका प्रध्यानाध्यापक मदनबहादुर कुँवर क्षेत्रीले पनि विज्ञप्ति निकालेर विद्यार्थी अपहरणमा नपरेको जानकारी दिएका छन् ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






