गहृकार्य नगरेका विद्यार्थीहरुले फैलाए अपहरणको हल्ला
१७ भदौ, गुल्मी । मदाने गाउँपालिका–६ पुर्कोट दहमा मंगलबार एकाएक विद्यार्थी अपहरणमा परेको खबर फैलियो ।
पुर्कोट दहको पृथ्वी माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत ८ जना विद्यार्थी समयमा स्कुल आइपुगेका थिएनन् ।
शिक्षकले सोधीखोजी गरे । त्यसक्रममा ७ जना भेटिए कक्षा ७ मा पढ्ने भुवन कुँवर भेटिएनन् । ती ७ जनाले भुवनलाई नचिनेको मान्छेले अपहरण गरेर लगेको सुनाए । त्यो मान्छेले खुकुरी बोकेर आएको नकाबधारी समूह रहेको समेत सुनाए ।
स्कुल नजिकै बजार छ । मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरका अनुसार मंगलबार त्यहाँ गाउँपालिकाको मिटिङ पनि थियो । बच्चा अपहरणमा परेको खबर पुग्यो, सबै जना खोजीमा जुटे । इलाका प्रहरी कार्यालयबाट प्रहरी पनि पुग्यो । करिव आधा घन्टामा भुवन भेटिए ।
मन्दिरमा बसिरहेको उनलाई गाउँलेले फेला पारे । जब प्रहरी र शिक्षकले उनलाई के भएको हो भनेर सोधीखोजी गरे, उनले सबैलाई अश्चर्यमा पारे । उनी त अपहरणमा परेकै होइन रहेछ ।
स्कुल पुग्न ढिला भएको र गृहकार्य पनि नगरेका कारण आफूहरुले बहाना बनाउन मात्र अपहरण भएको झुटो बोलेको खुल्यो । डीएसपी गंगाबहादुर सारुले भने, ‘अरु बच्चाहरुले पनि मलाई त यस्तो भन्यो भनेर नाटक गरेका थिए । तर होइन रहेछ ।’
पृथ्वी माविका प्रध्यानाध्यापक मदनबहादुर कुँवर क्षेत्रीले पनि विज्ञप्ति निकालेर विद्यार्थी अपहरणमा नपरेको जानकारी दिएका छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






