दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । योसँगै टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभबाहेक सबै सामजिक सञ्जालहरु बन्द हुने भएका छन् ।
सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिनको म्याद बुधबार राति १२ बजे सकिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारदेखि नै सूचीकरणमा नआउने सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
यसअघि सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सूचीकरण गर्न आह्वान गर्दै सूचना निकाल्ने निर्णय गरेको थियो । सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सात दिनको समय दिएको थियो ।
सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एप लगायतका समाजिक सञ्जाल चलाइरहेको मेटालाई दर्ताका लागि नेपाल ल्याउन छलफल गरेको थियो । तर, मेटाले नेपालमा अहिलेसम्म सामाजिक सञ्जालबारेको कानुन नै नभएको भन्दै मानेको थिएन ।
त्यसैले सरकारले मेटा र युट्युबलाई लक्षित गर्दै समाजिक सञ्जाल दर्ता हुन नआए बन्द गर्ने निर्णय गरेको हो । निर्देशनसहितको पत्र बिहीबार नै दूरसञ्चार प्राधिरणक पुग्ने छ । त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक सामाजिक सञ्जाल बन्द गर्नेछ । 
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



