दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
                                                                    
                                
                            काठमाडौं । सरकारले सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । योसँगै टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभबाहेक सबै सामजिक सञ्जालहरु बन्द हुने भएका छन् । 
सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिनको म्याद बुधबार राति १२ बजे सकिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारदेखि नै सूचीकरणमा नआउने सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 
यसअघि सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सूचीकरण गर्न आह्वान गर्दै सूचना निकाल्ने निर्णय गरेको थियो । सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सात दिनको समय दिएको थियो । 
सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एप लगायतका समाजिक सञ्जाल चलाइरहेको मेटालाई दर्ताका लागि नेपाल ल्याउन छलफल गरेको थियो । तर, मेटाले नेपालमा अहिलेसम्म सामाजिक सञ्जालबारेको कानुन नै नभएको भन्दै मानेको थिएन । 
त्यसैले सरकारले मेटा र युट्युबलाई लक्षित गर्दै समाजिक सञ्जाल दर्ता हुन नआए बन्द गर्ने निर्णय गरेको हो । निर्देशनसहितको पत्र बिहीबार नै दूरसञ्चार प्राधिरणक पुग्ने छ । त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक सामाजिक सञ्जाल बन्द गर्नेछ । 
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






