नक्कली दुर्घटना देखाएर बीमा कम्पनीबाट ३ लाख झिकियो, ६ जना पक्राउ
नक्कली दुर्घटना खडा गरेर बीमा कम्पनीबाट रकम झिकेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली दुर्घटना, नक्कली घाइते र अस्पतालको नक्कली कागजात बनाएर बीमा कम्पनीबाट ३ लाख रुपैयाँ झिकेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका कर्मचारी ललितपुरको गोदावरी नगरपालिका-१४ का विकेश कुँवर रहेका छन् ।
त्यस्तै बीमा रकम झिक्न संलग्न रहेको आरोपमा गोदावरीकै सुनिल महर्जन, काठमाडौं महानगरपालिका-१४ का विनोद डंगोल, सर्लाही घर भई काठमाडौं बस्ने सुनिल सापकोटा, काभ्रे घर भई काँडाघारी बस्ने हरिप्रसाद गौतम र मनोजकुमार आचार्य रहेका छन् ।
उनीहरुले दुर्घटनाका घाइतेको बीएण्डबी अस्पतालमा उपचार गरेको नक्कली कागज बनाएर नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट ३ लाख रुपैयाँ दाबी गरेका थिए । इन्स्योरेन्स कम्पनीबाट ३ लाख रुपैयाँ झिकेपछि ४० हजार रुपैयाँ कम्पनीकै कर्मचारी विकेश कुँवरलाई दिएको पाइएको प्रहरीको भनाइ छ ।
बाँकी २ लाख ६० हजार अरुले लिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

