आज राति सवा ९ बजेदेखि चन्द्रग्रहण
आइतबार राति सवा ९ बजेदेखि नेपालबाट चन्द्रग्रहण देखिँदैछ । ग्रहण आइतबार राति ९ बजेर १३ मिनेटमा सुरु भई सोमबार बिहान २ बजेर ४० मिनेटमा सकिने कीर्तिपुरस्थित बीपी कोइराला प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयले जनाएको छ ।
राति ११ बजेर १५ मिनेटमा चन्द्रमालाई पृथ्वीको छायाले सघन रुपमा छेक्नेछ । राति ११ बजेर ५६ मिटेमा ग्रहण मध्य हुनेछ र १२ बजेर ३७ मिनेटमा पृथ्वीको छायाले सघन रुपमा छेकिरहेको चन्द्रमा विस्तारै देखिन थाल्नेछ ।
राति २ बजेर ४० मिनेटमा भने पृथ्वीको छायाले चन्द्रमालाई पुरै छाड्नेछ । ग्रहण अवधि जम्मा ५ घण्टा २७ मिनेटको हुनेछ । यो ग्रहण नेपालका साथै युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिन्छ ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा रहेको अवस्थामा पृथ्वीको छाया चन्द्रमामा पर्छ । त्यस्तो बेलामा चन्द्र ग्रहण लाग्छ । घुम्दै जाँदाखेरि जब पृथ्वीको छाया चन्द्रमामा पर्न छाड्छ, त्यसपछि ग्रहण अन्त्य हुनेछ ।
चन्द्रग्रहणलाई खाली आँखाले हेर्न सकिने र वैज्ञानिक रुपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव छैन ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






