आज राति सवा ९ बजेदेखि चन्द्रग्रहण
                                                                    
                                
                            आइतबार राति सवा ९ बजेदेखि नेपालबाट चन्द्रग्रहण देखिँदैछ । ग्रहण आइतबार राति ९ बजेर १३ मिनेटमा सुरु भई सोमबार बिहान २ बजेर ४० मिनेटमा सकिने कीर्तिपुरस्थित बीपी कोइराला प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयले जनाएको छ ।
राति ११ बजेर १५ मिनेटमा चन्द्रमालाई पृथ्वीको छायाले सघन रुपमा छेक्नेछ । राति ११ बजेर ५६ मिटेमा ग्रहण मध्य हुनेछ र १२ बजेर ३७ मिनेटमा पृथ्वीको छायाले सघन रुपमा छेकिरहेको चन्द्रमा विस्तारै देखिन थाल्नेछ ।
राति २ बजेर ४० मिनेटमा भने पृथ्वीको छायाले चन्द्रमालाई पुरै छाड्नेछ । ग्रहण अवधि जम्मा ५ घण्टा २७ मिनेटको हुनेछ । यो ग्रहण नेपालका साथै युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिन्छ ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा रहेको अवस्थामा पृथ्वीको छाया चन्द्रमामा पर्छ । त्यस्तो बेलामा चन्द्र ग्रहण लाग्छ । घुम्दै जाँदाखेरि जब पृथ्वीको छाया चन्द्रमामा पर्न छाड्छ, त्यसपछि ग्रहण अन्त्य हुनेछ ।
चन्द्रग्रहणलाई खाली आँखाले हेर्न सकिने र वैज्ञानिक रुपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव छैन ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    

-1761836913.jpg)






