ट्रम्प समर्थक चार्ली कर्कको गोली हानेर हत्या
२४ भदौ, काठमाडौं । चार्ली कर्क अमेरिकाका सबभन्दा हाइप्रोफाइल कन्जरभेटिभ कार्यकर्ता र मिडिया हस्तीमा एक थिए । कर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासिलो सहयोगी थिए ।
३१ वर्षका कर्क देशभरका कलेज तथा क्याम्पसहरुमा ओपन एयर डिबेट्स आयोजनाका लागि परिचित थिए । बुधबार युटाको एक कलेजमा उनको गोली हानेर हत्या भएको छ ।
कर्कका बुबा आर्किटेक्ट थिए । शिकागोको एक कम्युनिटी कलेजमा पढे । तर राजनीतिका लागि पढाई छाडे ।
सन् २०१२ मा बाराक ओबामा जब दोस्रो पटक राष्ट्रपति निर्वाचित भए, टर्निङ प्वाइन्ट युएसए (टीपीयूएसए) को उनको सक्रियता बढ्यो ।
यो संगठनको उद्देश्य फ्री ट्रेडदेखि सरकारको अधिकारलाई सिमित राख्नुपर्छ भन्ने विचार राख्नेहरुलाई संगठित गर्नु हो । यसको संगठन अमेरिकाको ८५० भन्दा बढी कलेजमा छ ।
२०२० मा उनले द मागा डक्ट्रिन नामक किताब लेखे, जुन बेस्ट सेलर साबित भयो । यो किताबमा उनले ट्रम्पको मेक अमेरका ग्रेट अभियानको वकालत गरेका छन् ।
टीपीयूएसएले पछिल्लो चुनावमा मतदाताहरुको नाम दर्ता गराउने र एरिजोना राज्यमा ट्रम्पको पक्षमा समर्थन जुटाएको श्रेय समेत पाएको छ ।
कर्क, ट्रम्पको दुबै कार्यकालमा ह्वाइट हाउसका नियमित पाहुना थिए ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






