नेभिगेशन
3 Minute

माओवादीका को को नेताको घरमा भयो आगजनी र लुटपाट ?

भदौ २४ गते भएको आन्दोलनका क्रममा नेकपा माओवादी केन्द्रका १९ जना नेताको घरमा आगजनी र लुटपाट भएको छ । माओवादी केन्द्रले संकलन गरेको विवरण अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि केन्द्रीय सदस्य माधव सापकोटासम्मका घरहरु जलेका छन् भने तोडफोड र लुटपाट पनि भएको छ । माओवादी नेताहरुका अनुसार अन्य नेताहरुको पनि घर र निजी सम्पत्ति तोडफोड भएको हुन सक्छ, हाल विवरण संकलन भइरहेको छ ।

माओवादीले संकलन गरेको विवरण अनुसार प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घरमा लुटपाट, तोडफोड र आगो लगाएर ध्वस्त पारिएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर ध्वस्त पारिएको छ ।

उपाध्यक्ष अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुनको घर पनि आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त छन् ।

हेर्नुहोस् भदौ २४ गते ध्वस्त भएका माओवादी नेताका घर तथा सम्पत्तिको विवरण :

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगजनी । 

२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास तोडफोड र लुटपाट ।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट ।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट । 

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट । 

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट।

९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी ध्वस्त

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८.⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute